नायक श्रीकृष्ण श्रेष्ठको निधनप्रति प्रधानमन्त्री सुशील कोइरालाले गहिरो शोक प्रकट गरेका छन् । प्रधानमन्त्री कोइरालाले आज एक  प्रेस विज्ञप्ति जारी गर्दै विलक्षण प्रतिभाका धनी श्रीकृष्ण श्रेष्ठको निधनको खबरबाट आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

श्रेष्ठको निधनबाट देशको कला क्षेत्रलाई अपुरणीय क्षति भएको भन्दै प्रधानमन्त्रीलेस्वर्गीय आत्माको चीरशान्ति र शोकसन्तप्त परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

Comments