एजेन्सी । बलिउड क्वीन सनी लियोनी आफ्नै जीवनकथामा आधारित भनिएको डकुमेन्ट्री मस्टली सनीबाट बेखुश छिन् ।

सुप्रसिद्ध फिल्म मेकर दीलिप मेहेताले सनीको पोर्न फिल्मदेखि बलिउडसम्मको यात्राका विषयमा उक्त डकुमेन्ट्री तयार पारेका हुन् । जसमा सनीको सहासिक कदमको वर्णन गरिएको छ । यो डकुमेन्ट्री टोरोन्टो लगायतका विभिन्न फेष्टिबलहरुमा प्रदर्शन भैसकेको छ ।

तर सनी लियोनी भने आफ्नो कथामा आधारित भनिएको यो डकुमेन्ट्रीबाट सन्तुष्ट छैनन् । उनी भन्छिन्–यो मेरो कथा होइन । अरुले बनाएको कथालाई म कसरी आफ्नो भनेर मानूँ ? त्यसैले उनी चाहन्छिन् कि मस्टली सनी डकुमेन्ट्री भारतमा प्रदर्शन नहोस् । यसका लागि उनले विभिन्न निकायहरुलाई आग्रह समेत गरेकी छिन् ।

सनी भन्छिन्–म मेरो कथा एकदिन आफैं इमान्दारिताका साथ भन्नेछु ।

यसैबीच इटीसी क्यानडाले मस्टली सनीको ट्रेलर समेत सार्वजनिक गरेको छ । ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोला ।

mostly-sunny

Comments