मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्दै आएका नेपाली समुदायको छाता संगठन नेप्लीज एसोसियसन अफ भिक्टोरिया न्याभको साधारण सभा २० नोभेम्वरमा हुने भएको छ ।

कोबर्ग लाइब्रेरीको वैठक कक्षमा अपरान्ह १ बजेदेखि साँझ ५ बजेसम्म चल्ने साधारण सभामा छलफल गर्न न्याभले एजेण्डाहरु पनि तय गरि सार्वजनिक गरेको छ । साधारण सभामा न्याभले यस वर्ष गरेका गतिविधिहरुको समीक्षा र त्यसमाथि छलफल हुने कार्यक्रम तय भएको छ । सोही अवसरमा कोषाध्यक्षले संस्थाको आर्थिक प्रतिवेदन पनि पेश गर्नुहुनेछ ।

साधारण सभामा संस्थाको विधान र नीतिगत विषयहरुमा पनि छलफल हुने एजेण्डामा उल्लेख छ । त्यसपछि राजीनामा,पदपूर्ति र भ्याकेन्सी लगायतका विषयमा छलफल हुनेछ ।

सोही साधारण सभामा न्याभका आगामी कार्य योजनाहरु समेत प्रस्तुत गरि छलफल चलाइने न्याभ स्रोतले जानकारी दिएको छ । साधारण सभामा संस्थाका सल्लाहकारहरुले आ आफ्नो सुझाव र सल्लाहरु प्रदान गर्नुहुने तय गरिएको छ भने संस्थागत रुपमा उठेका प्रश्नहरुको अध्यक्ष डा अनुपम पोखरेल लगायतले जवाफ दिनुहुनेछ ।

निकै महत्वपूर्ण एजेण्डाहरुमा छलफल हुने र त्यसैका आधारमा भावी कार्ययोजना बनाइने भएकोले साधारण सभामा उपस्थित भएर आफ्ना अमूल्य राय सुझाव राख्न न्याभले सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।

न्याभले भिक्टोरियन नेपाली समुदायको माउ संस्थाका रुपमा कार्य गर्दै आएको छ ।

twgg-advertise

 

Comments

comments