एजेन्सी । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा ३० लाख आप्रवासीलाई अमेरिकाबाट फिर्ता पठाउँने बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो अन्तर्वार्तामा ट्रम्पले ‘३० लाख आप्रवासीलाई डिपोटेसन गरिने बताएका हुन् । सिविएस समाचारसंस्थाले गरेको पहिलो अन्तर्वार्तामा नव ट्रम्पले यस्तो बताएका हुन् ।

‘अपराधिक पृष्ठभूमि भएका करिव २० देखि ३० लाख आप्रवासीहरुलाई अमेरिकाबाट निकालिनेछ,’ उनले अगाडि बताएका छन् ‘लागूऔषध कारोबारी, आतंककारी पृष्टभूमि भएका, अपराधिक समूहमा संलग्न सदस्य तथा मानव ओसार पसारमा संलग्नलाई निकालिने छ।’

अमेरिकाभरीमा १ करोड १० लाख अवैधानिक आप्रवासी रहेको बताइएको छ । बढी संख्या मेक्सिकोबाट आएकाहरुको छ ।

अन्तर्वार्तामा ट्रम्पले बताएअनुसार अपराधिक पृष्ठभूमिभएका आप्रवासीहरुको संख्या २० लाखदेखि ३० लाखसम्म रहेको छ । ड्रग डिलर्समा संलग्न, अपराध गरेर अमेरिकाभित्र रहेका अबैधानिकहरुलाई निकालिने उनको प्रतिवद्दता छ ।

twgg-advertise

Comments

comments