सिड्नी । अष्ट्रेलियाको पश्चिमी सिड्नी आगोको उच्च जोखिममा परेको छ । त्यस क्षेत्रमा फैलिएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणमा आउन नसक्दा लण्डनबेरीस्थित फोर्थ एचिन्यु, स्पेन्स रोड, मायो रोड लगायतका क्षेत्रका सर्वसाधारणहरु आगोको उच्च जोखिममा परेका छन् ।

आगो लागेपछि उक्त क्षेत्रका स्थानीयलाई तत्काल वैकल्पिक स्थानमा स्थानान्तरण नगराउँदा उक्त क्षेत्रका स्थानीय उच्च जोखिममा परेको अष्ट्रेलियाको समचार संस्था न्युज सेभेन अष्ट्रेलियाले जनाएको छ ।

सो क्षेत्रका स्थानीयलाई अन्तिम समयमा वैकल्पिक वासको व्यवस्था गर्न भनिएको छ ।

आगलागीका कारण उक्त स्थानको तापक्रम बढेर ३० डिग्री सेल्सियस पुगेको छ ।

उपलब्ध साधनहरु सबै परिचालन गरिएपनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो स्थानीय समय अनुसार बिहान ११ः३० बजेदेखि सल्किएको हो ।

Comments

comments