काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल यतिबेला सिन्धुपाल्चोककाे सुकुटेमा छन् ।

उनी विश्रामका लागि भन्दै सुकुटे पुगेका हुन् । शनिबार सुकुटे पुगेका उनी आइतबार काठमाडौं फर्कने कार्यक्रम थियो । तर सिन्धुपाल्चोक प्रशासन र प्रहरीलाई समेत जानकारी नदिई सुटुक्क सिन्धुपाल्चोक पुगेका दाहाल विप्लब माओावदीका बन्दका कारण प्रचण्ड उतै फसेको स्रोतले बताएको छ ।

पत्नी सिता, प्रमुख स्वकीय सचिव जोखबहादुर महरा र सचिवालय सदस्य समेत रहेका छोरा प्रकाशका साथ सिकुटे पुगेका प्रधानमन्त्री दाहाल बन्दमा परेसँगै काठमाडौं फिर्ता अझै अनिश्चित बनेको छ ।

प्रधानमन्त्री दाहालले आफ्नो सय दिन पुगेको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै कात्तिक अन्तिमसम्ममा संविधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिएर व्यवस्थापिका संसदमा दर्ता गर्ने बताइसकेका छन् । प्रधानमन्त्री दाहाल सोही प्रस्तावलाई कसरी अन्तिम रुप दिने भन्ने विषयमा आन्तरिक अध्ययन र निर्णय लिन सुकुटे पुगेको बताइएको छ ।

बन्दका कारण उतै फसेका अध्यक्ष प्रचण्ड दिनको २ बजे पार्टी निकटका व्यक्तीहरुसँगहुने भेटघाटका लागि जसरी भएपनि काठमाडों आइपुग्ने तयारीमा रहेको स्रोतले बताएको छ ।

Comments