मेलबर्न । नेपाली कला संस्कृति र पर्यटन प्रवद्र्धनका लागि अष्ट्रेलियाको क्वीन्सल्याण्ड ब्रिसबेनमा नेपाल फेष्टिबल २०१६ भव्यताका साथ सम्पन्न भएको छ ।

एनआरएनए अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियाका विभिन्न शहरमा नेपाल फेष्टिबलको आयोजना गर्ने क्रममा शनिवार क्वीन्सल्याण्डमा सम्पन्न भएको हो । कार्यक्रम एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा विभिन्न कलाकारहरुले मौलिक नेपाली लोक नृत्यहरुको साथमा सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । ती सबै प्रस्तुतिहरुलाई त्यहाँ उपस्थित हजारौं दर्शकहरुले औधी रुचाए ।

नेपालकै कुनै ठाउँको झल्को दिने गरि तयार पारिएको फेष्टिबलमा मौलिक नेपाली नाचगान जस्तै झाँक्री,कुमारी र पञ्जेबाजाले दर्शकहरुको मन बढी जितेको थियो ।

np1

np2

np3

np4

np5

Photo Source : Anu Shahi Thakuri

Comments

comments