एजेन्सी । सामाजिक सञ्जाल मार्फत अभिनेत्री श्रुति हसनलाई अभद्र तथा अश्लिल मेसेज पठाउने एकजना विरुद्ध प्रहरीमा मुद्दा दर्ता गरिएको छ । श्रुतिमाथि दुव्र्यवहार गर्ने व्यक्ति पेशाले डाक्टर भएको एजेन्सीहरुले जनाएका छन् ।

श्रुतिले आरोप लगाउँदै भनेकी छिन्,‘७ सेक्टेम्बरदेखि डाक्टर केजी गुरुप्रसादले ट्वीटरमा अभद्र र अश्लिल मेसेज पठाउँदै आइरहेका छन् । मलाई मानसिक रुपमा तनाब दिने काम उनले गरेका छन् ।’

ती डाक्टरमाथि साइबर अपराधको विरुद्ध श्रुतिले कदम उठाउँदै केश दर्ता गरेकी हुन् ।

श्रतिले ती डाक्टरले आफूलाई मार्ने धम्की समेत दिएको बताएकी छिन् । मौका मिल्नासाथ छुराले हानेर आफ्नो हत्या गर्ने दाउमा उक्त व्यक्ति रहेको उनले प्रहरी समक्ष बताएकी छिन् । प्रहरीले आरोपीमाथि कारबाही गर्ने आश्वसन दिएको छ ।

श्रुति हसन अभिनेता कमल हसनकी ठुली छोरी हुन् । उनले बलिउड, तामिल, तेलुगु तथा अन्य भाषाका फिल्ममा अभिनय गरेकी छिन् । मूम्बइमा रहँदा पनि एकजना व्यक्तिले श्रतिमाथि दुव्र्यवहार गरेका थिए । त्यतिखेर पनि उनले प्रहरीको सहायता लिएकी थिइन् ।

twgg-advertise

Please follow and like us:

Comments