रोशनकुमार लम्साल,काठमाडौं । अष्ट्रेलिया, धेरै नेपालीको सपनाको देश । नेपालमा प्लस टु सकेर बसेका धेरै युवायुवती को नजर अष्टे«लिया हुने गर्दछ । यसको मुख्य कारण बिकसित मुलुक अष्ट्रेलियाको असिमिति सम्भावाना नै हो ।

पछिल्लो समय नेपालबाट अष्ट्रेलिया पुगेर त्यही सेटल भई बस्ने रहर धेरैलाई पलाएको छ । विशेष गरी नेपाली विद्यार्थीहरु अष्ट्रेलिया पढ्नका लागि विद्यार्थी भिषामा जाने गरेका छन् । विद्यार्थी भिषामा जाने नेपाली त्यहाँपुगेपछि अध्ययनसँगै केही बर्ष पार्ट टाईम काम र निश्चित समयको अध्ययनपछि स्थाई बसाई (पिआर) आवेदन दिन मिल्ने भएकाले धेरै नेपाली अष्ट्रेलिया प्रति आकर्षित छन् । बिकसित मुलुकमा अवसर त हुन्छन नै त्यो भन्दा महत्वपुर्ण अष्ट्रेलियाको मनग्ये कमाई नै हो ।

चितवनका हरि फुँयाल ९ बर्षदेखि अष्ट्रेलियामा छन् । सन २००७ देखि विद्यार्थी भिषामा अष्ट्रेलिया पुगेका फुँयाल सिड्नीको एक होटलमा सेफको काम गर्छन । वार्षिक ६५ हजार डलरमा काम गर्ने फुँयाल दैनिक तातो किचेनभित्र काम गर्दा थकित त हुन्छन् नै तर घण्टा गनेर हुने आम्दानीले उनले आर्थिक रुपमा ठूलै फड्को मारेका छन् ।

चितवनकै सुशिला पौडेल अष्ट्रेलियाको बृद्ध स्याहार केन्द्र (एज केयर)मा काम गर्छिन् । दैनिक १६ घण्टासम्म काम गर्ने उनी आफ्नो कामबाट निकै सन्तुष्ट छिन् । ५ दिन काम गरेपछि २ दिन बिदा लिने र समुदायका विभिन्न कार्यक्रममा ब्यस्त हुने पौडेलको हप्ताको कमाई ११ सय डलर सम्म छ । यि त नेपालीहरुले अष्ट्रेलियामा गर्ने सामान्य काम हुन ।

नेपालबाट अष्ट्रेलिया जाने नेपालीहरुले आफैंले प्राप्त गरेको शैक्षिक योग्यता अनुसारको काम पाउनेहरु न्युन छन् । तर आर्थिक हिसाबले भने क्लिनिङ्ग, किचेन, बुढाबुढीको स्याहार केन्द्रमा काम गर्दा हुने आम्दानी लोभलाग्दो छ । यसमा पनि नर्सिङ पेसा धेरै नेपालीको रोजाइको विषय बनेको छ । अन्य पेसाको तुलनामा काम पाउन सहज नर्सिङ पेशामा राम्रो कमाई हुने भएकाले यस तर्फ नेपाली युवतीहरुको आकर्षण बढेको एनआरएन युथ कोर्डिनेटर बिजय पाेखरेल बताउनुहुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

अष्ट्रेलिया पसेपछि भाँडा माझ्ने, घर तथा अफिसको सरसफाई गर्ने र बृद्धबृद्धाको स्याहार गर्ने काम सामान्य हुन । अष्ट्रेलियाको शुरुवाती दिनमा सबैजसो नेपालीले यस्ता काम गनैंपर्छ । यि मध्ये धेरैको पहिलो रोजाई बृद्धबृद्धाहरुको स्याहार केन्द्रमा हुने गरेको छ । जसलाई अष्ट्रेलियाको भाषामा नर्सिङ भन्ने गरिन्छ । त्यसबाहेक किचेन हेल्पर, कुक र म्यानेजरका रुपमा होटल तथा रेष्टुरेण्ट पनि नेपालीले काम गर्ने महत्वपूर्ण क्षेत्र हो । यसबाहेक एकाउन्ट, बैक व्यवस्थापन का साथै अन्य प्राबिधिक क्षेत्रका दक्ष व्यक्तिहरुले सम्बन्धित क्षेत्रमा समेत काम गर्ने अवसर पाउछन । तर यस्ता क्षेत्रमा तुलानात्मक रुपमा काम गर्ने नेपाली भने धेरै र्छैनन । तर किचेन र वार वा खाद्य फयाक्ट्रीहरुमा काम गर्ने कुक, वारिस्ता को रुपमा धैरै नेपालीले काम गर्छन ।

अष्ट्रेलिया सरकारको पछिल्लो तथ्यांक अनुसार २५ हजार देखिएपनि अष्ट्रेलियामा नेपालीहरुको सङख्या १ लाख हाराहारीमा छ । ति मध्ये सबैजसो नेपाली कुनै कुनै रोजगारमा आवद्ध छन । अष्ट्रेलिया सरकारले तोकेको न्युनतम पारिश्रमिक अनुसारपनि प्रतिघण्टा १७ डलर भन्दा कम छैन । त्यसमाथी विकेन्ड लोडिङ (शनिबार र आइतबार काम गरेबापत पाइने अतिरिक्त रकम) समेत प्राप्त हुने भएकाले । आम्दानीका हिसाबले अष्टेलिया नेपालीको उत्कृष्ट गन्त्व्य हुन सक्छ । बिकसित र सुबिधासम्पन्न मुलुक, राम्रो आम्दानी र सामाजिक सुरक्षाका कारण अष्ट्रेलिया नेपालीको उत्कृष्ट गन्त्व्य बनेको बताउनुहुन्छ डा. भरतराज पौडेल । थारै काम गर्नेहरु पनि आर्थिक अभावमा नपर्ने र दुःख गर्न सक्नेहरु मनग्य आम्दानी गर्न सक्ने भएकाले पनि धेरै नेपाली अष्ट्रेलियाप्रति आर्कषित हुने उहाँको भनाई छ ।

-TV Annapurna

Comments

comments