मेलबर्न । पछिल्लो पटक अष्ट्रेलियाबाट नेपाली गीत संगीतको बहार नै आएको छ । एकपछि अर्को गर्दै नयाँ नयाँ गीत र म्यूजिक भिडियो अष्ट्रेलियामा रहेका नेपाली कलाकारहरुले रिलिज गर्न थालेका छन् ।

त्यही होडबाजीमा पछिल्लो पटक मिसिन आइपुगेका छन् गायक ईश्वर पोखरेल अविरल । उनी मैले जति माया बोलको गीत र भिडियो लिएर दर्शक श्रोता माझ आएका छन् । यसपटक गायक ईश्वरले फिल्मी मेलोडीलाई आत्समात गरेका छन् । त्यसमा उनले अहिलेका प्रतिभाशाली मेलोडी प्रिन्स संगीतकार हरि लम्सालको साथ पाएका छन् । अर्थात यो गीतमा लम्सालको संगीत रहेको छ । शब्द भने सञ्चारकर्मी नरेश भट्टराईको छ ।

यो गीत र भिडियोमा श्रोता र दर्शकको माया पाउनेमा गायक पोखरेल ढुक्क छन् । दर्शक श्रोताकै लागि आफूले गाउँदै आएको उनको दाबी छ । उनी भन्छन्–गीत गाउनु ठूलो कुरो रहेन । तर श्रोताको मनमा सधै बास पाउनुलाई भने म आफ्नो ठूलो जीत ठान्छु । त्यसैले बिगतमा मेरा श्रोता र दर्शकले गर्नुभएको माया र दिनुभएको हौसला यसपट पनि पाउने विश्वासमा छु ।

मैले जति मायाको भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका छन् । भिडियोमा जीवन भट्टराई,अश्मा घिमिरे र सुरजको अभिनय रहेको छ ।

twgg-advertise

गायक पोखरेल झण्डै डेढ दशकदेखि नेपाली संगीत क्षेत्रमा क्रियाशील छन् । उनी अन्तर्राष्ट्रिय नेपाली कलकार समाज (इनास) अष्ट्रेलियाका अध्यक्ष समेत हुन् । उनले झन्डै ३ दर्जन गीत गाइ सकेका छन् भने उनका २ वटा एकल एल्बम प्रकाशित छन् । गायक पोखरेलको रात्तो रिबन, तिमी छैनौ त छैन शीतल, काली मोरी, मैले झैँ मर्ने बारे आदि गीत श्रोता दर्शकले बढी मन पराएका छन् ।

हालै अष्ट्रेलिया बस्ने ६ जना नेपाली कलाकारहरुले सार्वजनिक गरेको “उडान” नामक सांगीतिक एल्बममा गायक पोखरेलले पनि स्वर दिएका छन् ।

Comments