मेलबर्न । नेपालको पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक जागरणका लागि एनआरएनए अष्ट्रेलियाको आयोजनामा आज ब्रिसबेन र क्वीन्सल्याण्डमा एकैसाथ नेपाल फेष्टिवल भव्यताका साथ सम्पन्न हुँदैछ ।

सेलेब्रेट कल्चर,एक्सपिरियन्स नेपाल भन्ने नाराका साथ आयोजना गरिएको नेपाल फेष्टिबलविहान ११ बजे शुरु भएर आज साँझसम्मै जारी रहनेछ ।

दुवै ठाउँको कार्यक्रममा नेपालीपन झल्किने विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरु रहनेछन् , नेपाली मौलिक नृत्यहरु आकर्षणको रुपमा रहनेछ । क्वीन्सल्यान्डमा भने दर्शकहरुलाई लोकप्रिय गायिका अञ्जु पन्त,गायक सुगम पोखरेल,लोक गायिका रमिला न्यौपाने र कन्दरा व्याण्डले सांगीतिक प्रस्तुति दिनेछन् ।

nepal-festival-sabina

साथमा अष्ट्रेलियामा रहेका नेपाली कलाकार पूर्ण परियार लगायतको समेत प्रस्तुति रहनेछन् ।

उता किङ जर्ज स्क्वायरमा शुरु भएको ब्रिसबेनको नेपाल फेष्टिबल पनिमा पनि विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुति रहनेछन् ।

twgg-advertise

Comments

comments