न्युयोर्क । अमेरिकाका लागि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प भावी राष्ट्रपतिका लागि अयोग्य रहेको भन्दै हिलारी क्लिन्टनलाई नै राष्ट्रपति बनाउ अभियान सुरु भएको छ ।

चेन्ज डट कममा थालिएको ‘इलेक्ट्रोल कलेजः मेक हिलारी क्लिटन प्रेसिडेन्ट अन डिसेम्बर १९’ दबाब अभियानमा अहिलेसम्म हिलारीलाई राष्ट्रपति बनाउ भन्दै १४ लाख बढीले हस्ताक्षर गरिसकेका छन् ।

नोभेम्बर ८ मा चुनिएका इलेक्ट्रोल कलेजका लागि दबाब दिन उक्त अभियान थालिएको हो । नोभेम्बर ८ मा भएको चुनावमा ट्रम्पको पक्षमा २९० र हिलारीको पक्षमा २२८ मत खसेको थियो । २० इलेक्ट्रोल मतको घोषणा हुन अझै बाँकी छ । यद्यपि २७० मत ल्याउने राष्ट्रपतिमा चुनिन्छन् ।

twgg-advertise

यही आधारमा ट्रम्प भावी राष्ट्रपतिका लागि चुनिसकेको भएपनि औपचारिक रुपमा इलेक्ट्रोलहरुले भोटिङ गरेपछि मात्र उनी राष्ट्रपतिमा निर्वाचित हुनेछन् । राष्ट्रपतिका लागि इलेक्ट्रोलहरुले डिसेम्बर ९ मा मतदान गर्नेछन् ।

उक्त दिन इलेक्ट्रोलहरुले पक्कै पनि ट्रम्पलाई नै मतदान गर्नेछन् ।

उक्त दबावपछि डेमोक्रेट्स पार्टी र हिलारी समर्थकले भने रिपब्लिकन पार्टीका इलेक्ट्रोलहरुले पनि हिलारीलाई मतदान गर्ने विश्वास गरिएको छ ।

Comments