काठमाडौं । भारत सरकारले एक हजार र पाँच सयको भारतीय रुपैयाँको नोटमा प्रतिवन्ध लगाएसँगै नेपालमा यसले छटपटी शुरु भएको छ ।

धेरै हदसम्म भारतसँग आश्रित नेपालीहरु नोटका कारण समस्या भोग्न वाध्य भएका छन् । रोजगारीका लागि भारत हिडेका, रोजगारीबाट नेपाल फर्केकादेखि उपचार गराउन हिडेका नेपालीहरु समेत प्रभावित बनेका हुन् ।

मंगलबार राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दै एक हजार र ५ सय दरका पुराना भारतीय नोटमाथि प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा देखिएको हो ।

भारतले कालोधनको सञ्चय, भ्रष्टाचार, नक्कली भारतीय रुपैयाँको कारोबार र आतंकवादी क्रियाकलाप कारण १ हजार र ५ सय दरका भारतीय रुपैयाँको नोटलाई प्रतिबन्ध लगायो । केही समयका लागि निश्चितमात्रामा सटहीको सुविधा दिएर पछि कागजको खोष्टामा परिणत हुने यस्ता नोटले नेपाली बजारलाई समेत असर गरेको हो

सीमावती बजारमा कारोबार ठप्प

नेपाल र भारतबीच खुला सिमाना भएको कारणले नेपालबाट भारतमा गई काम गर्ने नेपालीहरुले ल्याउने पैसा भारतीय रुपैयाँ नै हो । त्यो बाहेक तराईका जिल्लाहरुमा नेपाली रुपैयाँ भन्दा बढी भारतीय रुपैयाँको कारोबार हुन्छ । अझ पश्चिम नेपालका अधिकांश युवाहरु रोजगारीका लागि भारतीय भूमिमा छन् र उनीहरुले ल्याउने रकम पनि भारतीय रुपैयाँ नै हो । नेपालको कुल कारोबार वा चलनचल्तीमध्ये झण्डै २० प्रतिशत रकम भारतीय रुपैयाँको हुने गरेको छ ।

भारतमै एक हजार र ५ सय दरको नोटमा प्रतिबन्ध लागेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको हो । तराईका जिल्लाहरु सिराहा, सप्तरी, धनुषा, महोत्तरी, झापा, मोरङ, सुनसरी लगायतका जिल्लाका बजारहरुमा समस्या देखिएको छ । नेपालले वार्षिक झण्डै ६ खर्बको व्यापार भारतसँग मात्रै गर्ने गरेको छ । ६ खर्बको ब्यापार गर्दा प्रयोग हुने नोट सबै भारतीय रुपैयाँ नै हो । तर भारत सरकार आँफैले ५ सय र १ हजार दरका भारतीय नोटमा प्रतिबन्ध लगाएपछि अब केही समयका लागि भारतबाट आयात हुने सामानहरुमा पनि त्यसको प्रभाव पर्नेछ ।

भारतसहित नेपाल लगायतका सबैराष्ट्रमा भारतीय ठूला नोटमा प्रतिबन्ध लागेपछि अब नेपालमा रहेको भारतीय रुपैयाँको सटही पनि के हुने हो भन्ने चिन्ता थपिएको छ । अहिले नेपालका बैंकहरुसँग ५ सय र १ हजार दरका करिब २ करोड भारतीय रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । अझ केही साना बैंक र मनी चेञ्जरहरुसँग रहेको भारतीय रुपैयाँको लागत आइसकेको छैन । मनी चेञ्जर तथा अन्य साना बैंक र वित्तीय संस्थासँग रहेको रकमको लगत आउँदा यो रकम करिब ३ करोडको हाराहारीमा पुग्ने अनुमान गरिएको छ र यसको व्यवस्थापनका लागि भारतसँग पत्राचार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

पश्चिमी जिल्लाहरु समेत प्रभावित

यो त बैंक तथा बित्तीय संस्थाहरुमा रहेको भारतीय रुपैयाँ भयो । त्योबाहेक तराईका जिल्ला, पश्चिम पहाडी जिल्लाका स्थानीयहरुसँग पनि भारतीय रुपैयाँ रहेको छ । पश्चिमी जिल्लाहरुबाट कामका लागि मानिसहरु भारत जाने भएकाले उनीहरुले फर्कदा भारतीय रुपैयाँ नै ल्याउने गरेका छन् । नेपालमा व्यवसाय गर्ने भारतीयहरुसँग पनि ठुलो मात्रामा भारतीय रुपैयाँ रहेको अनुमान गरिएको छ । भारतबाट सामान ल्याउन भारतीय रुपैयाँ चाहिने भएकाले यहाँका मारवाडी समुदाय तथा भारतबाट नेपालमा व्यापार व्यवसाय गर्नेहरुले यहीँ पनि भारतीय रुपैयाँ साटेर राख्ने गरेका थिए । तराईका जिल्ला, पश्चिमी पहाडका जिल्ला र मारवाडी समुदाय लगायतका व्यापारीसँग गरी अनौपचारिक बजारमा मात्रै १० करोडभन्दा बढी ठुला भारतीय नोट रहेको अनुमान गरिन्छ ।

ठूला नोटमा प्रतिबन्ध लागेलगत्तै भारतका विभिन्न स्थानमा रोजगार गरी नेपाल फर्केका मजदुरलाई यसले प्रत्यक्ष असर गरेको छ । त्योबाहेक भारतमा काम गरिरहेका नेपाली कामदारहरुले नेपालमा पैसा पठाउन समस्या सुरु भइसकेको छ । किनभने भारतका मनी ट्रान्सफर कम्पनीहरुले नेपालमा पैसा पठाउन ठूला नोट अस्वीकार गर्न थालिसकेका छन् । भारतीय बैंकमा खाता नभएका र मनी ट्रान्सफर कम्पनीहरुबाट पैसा पठाईरहेका नेपाली कामदारहरुसमेत यसबाट प्रभावित भएका छन् । यसको प्रभावपूर्वि नेपालको काकडभिट्टा, विरानगर, वीरगन्ज, भैरहवा कुनै कन्चरपुरसम्म परेको छ ।

भारतमै भारतीय ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लागेपछि यसले भारत र भारतसँग सिमाना जोडिएका देशहरुमा प्रत्यक्ष असर गरिरहेको छ । र, नेपालमा रहेका एक हजार र पाँच सयका नोटहरु भारतसँग कसरी सटही गर्ने भन्ने बिषयमा राष्ट्र बैंकले गृहकार्य थालेको छ ।

Comments

comments