काठमाडौँ । भारतका स्थल सेनाध्यक्ष दलवीर सिंह नेपालको तीनदिने भ्रमणका लागि शुक्रबार काठमाडौँ आउनु हुने भएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा उहाँ नेपाल भ्रमणमा आउन लाग्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाध्यक्ष सिंह नेपाली सेनाको मानार्थ महारथी पनि हुनुुुहुन्छ । नेपाल र भारतबीच एकअर्का मुलुकका सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन रही आएको छ । उहाँले यस अघि २०७१ साल कात्तिकमा पनि नेपालको औपचारिक भ्रमणमा गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँणसँग नेपाल भ्रमणको क्रममा उहाँले शिष्टाचार भेट गर्नुहुने छ । सेनाध्यक्ष सिंहले नेपाली सेना र भारतीय सेनाबीच रुपन्देहीको सालझण्डीमा कातिक १५ देखि सञ्चालन भइरहेको संयुक्त अभ्यास ‘सूर्य किरण’को निरीक्षण पनि गर्नुहुने छ । यो सूर्य किरणको दशाँै संस्करण अभ्यास हो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

उच्च तहको सैनिक नेतृत्वबाट हुने भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध र द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Comments