काठमाडौ । परराष्ट्रविदहरुले अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहायता कटौति हुने संभावना औंल्याएका छन् ।

अमेरिकाको ४५ औं राष्ट्रपतिमा आज डोनाल्ड ट्रम्प विजयी भए लगत्तै रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा अमेरिकाका लागि पूर्वराजदुत डाक्टर शंकर शर्माले अमेरिकाले दिँदै आएको आर्थिक सहायता घट्ने बिचार व्यक्त गर्नुभयो । नवनिर्वाचित राष्ट्रपतिको नीति अनुसार अब आर्थिक वृद्धिदरमा नकारात्मक प्रभाव पर्न सक्ने खतरा रहेको उहाँको विश्लेषण थियो ।

कार्यक्रममा परराष्ट्रविद एवम् नेकपा एमालेका सांसद डा. राजन भट्टराईले पनि ट्रम्पले चुनावी दौरानमा बोलेका कुरा लागु गर्ने अवस्था आए यसको सबैभन्दा बढि प्रभाव महिला, आप्रावासीहरुलाई पर्न सक्ने चर्चा तथा परिचर्चा भैरहेको प्रति टिप्पणी गर्दै उहाँले बोलेका कुरा लागु भए विश्वमा राजनीतिमा ठूलो प्रभाव आउने बताउनुभयो । चुनावी मैदानमा बोल्ने कुरा एउटा भएपनि पदमा निर्वाचित भएपछि त्यसलाई हुबहु लागु गर्न नसकिने भन्दै कतिपय कुराहरुमा भने यसले असर पार्ने  टिप्पणी भट्राईको थियो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

त्यस्तै अर्का पूर्वराजदुत डा. सुरेश चालिसले ट्रम्पले चुनावी दौरान उठाएका एजेण्डाहरु लागु भए जापान, साउथ कोरिया लगायत देशमा अमेरिकी सैनिक कटौति हुने धारणा राख्नुभयो । अहिले डोनाल्ड ट्रम्प विजयी भएलगत्तै पूरा विश्वमै यसको अवसर र चूनौतिबारे बहस भैरहेको पनि चालिसेको भनाई थियो ।

Comments

comments