एजेन्सी । अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएको घोषणा भएसँगै अमेरिकामा विरोध प्रदर्शन भएको छ ।

क्यालिफोर्निया शहरमा विश्वविद्यालयका हजारौं विद्यार्थीहरुले सडकमा ओर्लिएर ट्रम्पविरुद्ध नाराबाजी सहित विरोध प्रदर्शन गरेका हुन् । साउथर्न क्यालिफोर्निया विश्वविद्यालयका ती विद्यार्थीहरुले नट माइ प्रेसिडेन्ट भन्ने नारा लगाउँदै ट्रम्पलाई अमेरिकी राष्ट्रपतिका रुपमा स्वीकार गर्न नसक्ने बताए ।

सञ्चार माध्यमहरुमा प्रसारित भिडियो फुटेजमा अप्रत्यासित मत परिणामको विरोध स्वरुप विद्यार्थीहरुले अमेरिकी झण्डा समेत जलाएका थिए । उनीहरुले ट्रम्प निर्वाचित भएको खबर प्रकाशन गरेका पत्रपत्रिकाहरु समेत जलाएका थिए । प्रदर्शनकारीहरुले ट्रम्प फसिज्मको नाइके भएको आरोप पनि लगाए ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

तर आफू निर्वाचित भए लगत्तै गरिएको सम्बोधनमा भने ट्रम्पले आफू सबै अमेरिकी जनताको राष्ट्रपति बन्न चाहेको बताएका थिए । उनले आफूलाई समर्थन नगर्नेहरु नगन्य रहेको भन्दै उनीहरुमाथि आफ्नो कुनै वैरीभाव नरहने प्रष्ट पारेका थिए । उनले समृद्ध र शक्ति सम्पन्न अमेरिकाका लागि एकता अनिवार्य रहेकोमा जोड दिए ।

Comments