मेलबर्न । अमेरिकाको ४५ राष्ट्रपति चयनका लागि भएको मतदानको मत गणना जारी छ ।

मतपरिणाम अनुसार अप्रत्यासित रुपमा रिपब्लिकन उम्मेदरवार डोनाल्ड ट्रम्प जित नजिक पुगेका छन् । यसरी ४५ औं अमेरिकी राष्ट्रपतिका रुपमा ट्रम्प जित्ने लक्षण देखिएपछि विश्वभर शेयर बजारमा बुधवार उथलपुथल शुरु भएको छ । यसको प्रभाव अष्ट्रेलियामा पनि देखिने अनुमान गरिएको छ । धुर्त व्यापारीका रुपमा परिचित ट्रम्पको जीतहारले विश्वबजारमा प्रत्यक्ष असर गर्ने पहिले नै पुर्वानुमान गरिएको थियो ।

ट्रम्पले जीत्नु भनेको विश्वका शेयर बजारमाथि गोली प्रहार गर्नु सरह हो,अष्ट्रेलियाका अर्थ समीक्षकहरु बताउँछन् । यसको प्रभाव अमेरिकी डलरमा पनि पर्ने अनुमान गरिएको छ । ट्रम्पको जीतसँगै विश्वमा आर्थिक युद्ध शुरु हुने आशंका गरिएको छ ।

चीनियाँ अर्थतन्त्रलाई निशाना बनाएका ट्रम्प निर्वाचित भए चीनियाँ बजारमा ३५ प्रतिशतले कमी आउने अनुमान गरिएको छ । यदि त्यसो भए पनि विश्वको अर्थतन्त्रमा थेगिनसक्नुको उथलपुथल आउने अर्थविदहरु बताउँछन् ।

Comments

comments