काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सिंगापुर र भारत भ्रमणका लागि बुधवार जाँदै हुनुहुन्छ ।

निजी भनिएको भ्रमण कति दिनको भन्ने कुनै टुंगो लागिसकेको छैन । बुधवार सिंगापुर भ्रमणमा जान लाग्नुभएका शाह त्यसपछि सिंगापुरबाटै भारत जानुहुनेछ ।

भारतमा रहँदा पूर्व राजा ज्ञानेन्द्र शाहले भारतका उच्च अधिकृतहरुसँग भेटघाट हुने कार्यक्रम रहेको दरबार निकट स्रोतले बताएको छ।
उहाँको भ्रमणमा पूर्वयुवराज्ञी हिमानी शाह पनि सहभागी हुनुहुनेछ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

यसै शिलशिलामा हिमानी केही दिन अघि नै सिंगापुर पुगिसक्नुभएको छ । पूर्वराजाका साथमा उहाँका स्वकीय सचिव सागरराज तिमल्सिना पनि रहनुहुनेछ । राजाको पछिल्लो भ्रमणबाट राजनीतिक विषयमा छलफल हुनसक्ने आँकलन गरिएको छ ।

Comments

comments