टोक्यो । गाडी चलाइरहेको अवस्थामा लोकप्रिय स्मार्टफोन गेम पोकेमान गो स्वचालित रुपमा बन्द हुने भएको छ ।

गाडीले सीमित गति भन्दा बढी गति लिन थालेपछि यो गेम आफैं बन्द हुने नयाँ व्यवस्था गरिएको हो । गाडी हाँकिरहेको बेला चालकहरु पोकेमान गो खेल्न मस्त हुने र त्यसबाट दुर्घट्ना भई ज्यान समेत जान थालेपछि विश्वभरबाट यो गेममै प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको थियो । जापान लगायतका देशका स्थानीय निकायहरुबाट यस्तो आवाज उठाएपछि अमेरिकी गेम डेप्लोपर कम्पनीले आफ्नो उत्पादनमा यस्तो परिवर्तन गरेको हो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

पोकेमान गोमा गरिएको नयाँ परिवर्तन सोमवारदेखि नै लागू भैसकेको छ । नाइन्टिक कम्पनीले गरेको नयाँ परिवर्तन अनुसार अब गुडिरहेको गाडीभित्र पाकेमान गो गेम चल्दैन ।

पोकेमान गोमा मस्त चालकका कारण जापानमा मात्र दुई भन्दा बढीको ज्यान गइसकेको छ भने पछिल्लो ६ महिनामा सयौं दुर्घट्नाहरु भएका छन् ।

Comments

comments