काठमाडौं । समाचारको विश्वसनीयता र छिटो संप्रेषणका लागि विश्वका धेरै जना विविसीमा भर पर्छन् ।

अझ नेपाल जस्तो मुलुकमा त विविसीले नभनि आफ्नै आँखाले देखेको र कानले सुनेको समाचारमा समेत विश्वास गरिनहाल्ने मानसिकता छ । तर त्यही विविसीले पनि बेलाबखत त्रुटीपूर्ण समाचार संप्रेषण गर्दैनन् भन्ने होइन । भन्नलाई त मानवीय त्रुटीबाट यस्ता कमजोरी हुने हो तर विविसीले गरेको पछिल्लो त्रुटी भने मननयोग्य छ । पछिल्लो पटक पनि विविसीले मंगलवार साँझ यस्तै त्रुटी देखाएको छ ।

भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सम्बोधन मार्फत भारु ५०० र भारु १००० दरका नोटमा प्रतिबन्ध लगाएको खबरको दृश्य सामाग्रीमा भने विविसीले मज्जाले नेपाली ५०० दरका नोट प्रसारण गरेको छ । भारु र नेरुबीचको विभेद छुट्याउँन नसक्दा विविसी जस्तो विश्वप्रसिद्ध समाचार संस्थाको विश्वसनीयतामा प्रश्न उठेको छ ।

नेपाल र भारत दुई अलग मुलुक हुन् भन्ने जानकारी राख्न नचाहने पत्रकारहरुको प्रवृत्ति विविसीका लागि अहिले महँगो सावित भएको छ ।

Comments