काठमाडौ । अमेरिकी राष्ट्रपति निर्वाचनको मत गणना जारी छ । ताजास्थितिमा डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनलाई निकै पछाडि छाडेका छन् ।

राष्ट्रपति मतगणनाका क्रममा आएको पछिल्लो मत परिणाम अनुसार ट्रम्पले १६८ स्थानमा जित हासिल गरेका छन् । ट्रम्प रिपब्लिनक पार्टीका उम्मेदवार हुन् ।

अर्की उम्मेदवार हिलारीले जम्मा १३१ स्थानमा मात्रै जित हासिल गरेको बीबीसीले जनाएको छ । हिलारी क्लिन्टन डेमोक्रेटिक पार्टीकी उम्मेदवार हुन् । जितका लागि राष्ट्रपति उम्मेदवारले ५० संघीय राज्यबाट न्यूनतम २ सय ७० मत पाउनै पर्छ ।

Comments