काठमाडौं । द रिजर्भ बैंक अफ इन्डियाले रु ५०० र २००० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याउँने भएको छ ।

मंगलवार प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको विशेष सम्बोधन मार्फत उक्त कुराको जानकारी दिइएको हो । ती नयाँ नोटहरु छिट्टै बजारमा प्रचलनमा आउँने बैंकले जनाएको छ । बढ्दो बजार मूल्यको माग अनुसार सहजताका लागि ठूलो मूल्यको नोट प्रचलनमा ल्याउँन लागेको बैंकको भनाइ छ ।

2000-noteनोभेम्वर ११ सम्मका लागि भने एटिमहरुबाट २००० रुपैयाँको नोट निकाल्न प्रतिवन्ध लगाइएको मोदीले सम्बोधनमा बताए । अहिले सीमित मात्र नोट छापिएकोले यसो गर्नुपरेको उनको भनाई छ । नयाँ नोट शुरुमा प्रति दिन १० हजार रुपैयाँ मात्र सटही गर्न पाउँने बताइएको छ । बुधवार सम्पूर्ण बैंकको कारोबार बन्द हुने घोषणा पनि प्रधानमन्त्री मोदीले गरेका छन् ।

योसँगै हाल प्रचलनमा रहेको भारु ५०० र १००० को नोट मंगलवार मध्यरातदेखि नचल्ने भएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

Comments

comments