काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन गर्नुपर्ने भनेको छ । आइएलओको यो फर्मुलालाई धेरै देशले मानेको छ र व्यवहारमा पनि लागू गरेको छ । तर नेपालमा भने दैनिक ७ घण्टामात्रै काम हुँदा पनि सरकारले दिने सार्वजनिक विदाहरुको सुची यति लामो छ कि यो सम्भवतः विश्वमै पहिलो नम्बरमा छ ।

नेपालमा धर्म र जातविशेषको चाड वा पर्वमा पनि राष्ट्रिय विदा दिने गरिन्छ । वर्ष २०७३ साललाई हेर्ने हो भने शनिवारबाहेक नै ३५ दिन सार्वजनिक विदा परेको छ । जसमध्ये दशैं, तिहार, ल्होसार, माघी, इद, वुद्ध जयन्ती, संविधान दिवस, गणतन्त्र दिवस लगायतका राष्ट्रिय दिन तथा पर्वहरु परेका छन् । तर विकसित वा विकासोन्मुख अन्य मुलुकको दाँजोमा नेपालमा आवश्यकताभन्दा धेरै विदा भएको यस मामिलाका जानकारहरु बताउँछन ।

विकसित देशमा करिब १२ दिनको औसत विदा भएकामा नेपालमा भने यति धेरै विदा छ । यो विदाले सरकारी काम वा सेवाग्राहीलाईसमेत प्रत्यक्ष असर गरिरहेको सामान्य प्रशासन मन्त्रालयका सहायक प्रवक्ता नन्दराज ज्ञवालीको भनाई छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

आवश्यकताभन्दा बढी विदा हुँदा देशले आर्थिक घाटा मात्रै बेहोरिरहेको छैन, विकासमा पनि प्रत्यक्ष असर गरिरहेको छ । अब सरकारले विदा दिँदा अधिकतम विदाको दिन तोकेर जात धर्म र क्षेत्रअनुसार छान्न पाउनेगरी मिलाउनुपर्ने सामान्यका प्रशासन मन्त्रालयका सहायक प्रवक्ता ज्ञवाली बताउँनुहुन्छ ।

यता पूर्व प्रशासक तथा विज्ञहरु पनि आवश्यकताभन्दा बढी विदाले अल्छि बनाइरहेको बताउँछन् । एक दिनको विदाले पौने तीन अर्ब क्षति हुने तथ्याकलाई नै आधार मान्ने हो भने पनि देशले कति आर्थिक क्षति व्यहोर्छ भन्ने बुझ्न कठिन छैन । देशलाई समृद्धिकोमार्गमा लैजान सार्वजनिक विदालाई कतौती गर्नैपर्छ र यसका लागि सरकारले तत्काल प्रक्रिया थालोस् । करिव सय दिन सार्वजनिक विदा गरेर देश कसरी अगाडि बढ्न सक्छ । १ सय ४१ दिनसम्म कर्मचारीलाई विदा देश समृद्धिको बाटो तर्फ अगाडि बढन सक्दैन । र, यो तथ्य सबै पार्टीका नेता र राज्य सन्चालकहरुले बुझन् जरुरी छ ।

Please follow and like us:

Comments