काठमाडौं । एकातिर आधुनिक जीवनशैली र खानपान अर्कोतिर प्रदूषित वातावरणले गर्दा क्यान्सर रोगले मृत्यु हनेको सङ्ख्या बढिरहेको छ । तर सर्वसाधारण बिरामीले उपचार पाउने सरकारी अस्पतालमा क्यान्सर उपचार गर्ने महत्वपूर्ण मेसिनहरु नै छैनन् । भएका मेसिन पनि बिग्रिएका छन् ।

वीर अस्पतालमा क्यान्सरको उपचारमा प्रयोग हुने क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने रेडियसन थेरापीको मेसिन बिग्रिएको एक वर्ष नाघिसकेको छ । तर अहिले सम्म बनेको छैन । रेडियसन मेसिन नहुँदा क्यान्सरका कैयौँ बिरामी निजि अस्पतालमा महँगो शुल्क तिर्न बाध्य छन् । त्यस्तै बिपीकोइराला क्यान्सर अस्पताल भरतपुरमा अस्पतालको ब्यबस्थापन कम्जोर बन्दा अनुदानमा आएका कयौ उपचारका महत्वपूर्ण मेसिनहरु पनि सदुपयोगमा आउन सकेको छैन । बिरामीहरु भने अस्पतालमा म्यामोग्राम सिटी स्क्यान एमआरआइ जस्ता सेवाको लागि निजी स्वास्थ्य संस्थामा चर्को मुल्य तिर्न बाध्य छन् ।

निजि अस्पतालले रेडियो थेपारीवापत न्युनतम ५० हजारदेखि १ लाख रुपैयाँसम्म लिने गरेका छन् । सरकारी अस्पतालमा मेसिन हुने हो भने एउटा विरामीले निशुल्क नै उपचार गर्न सक्दछन् । यी त केहि उदाहरण मात्र हुन ७५ वटै जिल्लाको अबस्था हेर्ने हो भने सरकारी स्वामित्वका अस्पतालका उपकरणबाट सेवा लिन मुस्किल नै छ । कहिँ मेसिन बिग्रिएको हुन्छ त कही रिपोर्ट समयमा आउदैन यस्तो अवस्थामा सरकारले अस्पतालमा उपकरण भित्र्याउने प्रतिबद्दता भन्दा पनि निजि अस्पताललाई प्रोत्सहन गर्नु लज्जास्पद कुरा हो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीले सरकारी अस्पतालमा उपकरण बिग्रिएको स्वीकार्नुभयो । उहाँले सरकारी अस्पतालका उपकरण बिग्रिएको निजी अस्पतालमा रहेका उपकरण बाट सेवा लिन आग्रह गर्नुभयो ।

सरकारी अस्पतालमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीको निजी अस्पतालमा समेत लगानी भएको कारण बिरामीहरुलाई चेक जाँच तथा उपचारको लागि निजीमा रिफर गर्ने चलन पछिल्लो समय बढेको छ । सरकारी स्वामित्वका अस्पतालका उपकरणहरुप्रति सरकारले निगरानी बढाउनु र उच्चस्तरीय उपकरण भित्राउन तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

Comments