काठमाडौं । कोकाकोला कम्पनीले नेपाली बजारमा अर्को उत्पादन कोक जिरो ल्याएको छ ।

बिश्वका १ सय ५० भन्दा बढी देशहरुमा उपलब्ध रहेको कोक जिरो नेपाली बजारलाई पनि लक्षित गरेर ल्याएको कम्पनीले जनाएको छ ।

बिश्व बजारमा प्रशिद्धी कमाएको कोकाकोलाले नेपाली बजारमा पनि कोक जिरोको उत्पादन उपलब्ध गराएको छ । काकाकोलाले मगलवार एक पत्रकार सम्मेलन गदै नेपाली कजारमा कोक जिरो ल्याएको जानकारी दिएको हो । नेपाली बजारमा कोकाकोला कम्पनीले मधुमेहका ब्यक्तिहरुलाई लक्षित गरेर सुगररहित कोक ल्याएको जनाएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

कम्पनीले कोक जिरो नेपालका १५ ओटा मुख्य शहरहरुका पसल तथा ब्यवसायिक केन्द्रहरुमा बिक्रीको लागि राखिने बताइएको छ । कोक जिरो सार्वजनिक गर्दै कोकाकोला इण्डिया तथा दक्षिण एशियाका अध्यक्ष वेङकटेश किनी र कोकाकोला कम्पनी वोटलिङ इन्भेष्ठमेण्ट गु्रपका क्षेत्रिय निर्देशक टि कृष्णकुमारको उपश्थितीमा रहेको यिए । कोकाकोला कम्पनीले सुगर रहित कोक जिरो नेपाली उपभोक्ताहरुमा लोकप्रिय हुने कम्पनीले जनाएको छ ।

कम्पनीले कोक जिरो आम नेपाली उपभोक्ता सम्म पुर्याउने जनाएको छ ।

Comments

comments