हिमालयन कङगारुको नियमित स्तम्भ स्टुडेन्ट टल्कमा यसपटक हामीले चितवन घर भई हाल अष्ट्रेलियामा रहेका अंकित सिग्देलका रमाइला अनुभवहरु प्रस्तुत गर्दैछौं । युनिभर्सीटी अफ सनसाइन कोष्टको एटिएमसीमा प्रोफेसनल एकाउन्टिङमा मास्टर्स तहमा अध्ययनरत अंकित अष्ट्रेलियाको जीवनशैलीप्रति तुलनात्मक रुपमा सकरात्मक छन् । उनी भन्छन्– दुख गर्न सक्नेलाई अवसरको खानी हो अष्ट्रेलिया ।

तपाईको नाम ?

अंकित सिग्देल

तपाईको घर ?

चितवन ।

कहाँ पढ्दै हुनुहुन्छ ?

युनिभर्सीटी अफ सनसाइन कोष्टको एटिएमसीमा पढ्दै छु ।

कुन लेभलमा अध्ययनरत हुनुहुन्छ ?

प्रोफेसनल एकाउन्टिङमा मास्टर्स गर्दैछु ।

यो विषय आफैंले रोजेको कि परिवारले ?

हो,यो विषय म आफैंले रोजेको हूँ । किनभने मलाई नम्बरसँग खेल्न मनपर्छ ।

विद्यार्थी जीवन किन रमाइलो ?

विद्यार्थी जीवन कुनै कोणबाट रमाइलो लाग्छ,कुनै कोणबाट नरमाइलो पनि । विद्यार्थी जीवनमा धेरै साथीहरु सँगै हुन्छन्,घुमफिर हुन्छ,नयाँ कुराहरु सिक्न पाइन्छ । त्यसैले रमाइलो लाग्छ ।

विद्यार्थी जीवन नरमाइलो चाहिं कतिखेर लाग्छ ?

विद्यार्थी जीवनमा विहानै उठेर जानुपर्छ । सपना देख्दा देख्दैको निन्द्रा मारेर जानुपर्छ । अझ अष्ट्रेलियामा त काम गरेर लोद थाकेर आएपछि समेत पुग्ने गरि सुत्न पाइदैन ।

कलेजमा लभ गनु ठीक हो ?

लभ कलेजमा मात्र होइन जहाँ नि हुनसक्छ । यसको कुनै ठाउँ र समय भन्ने हुँदैन ।

लभलेटर मिठो कि लेक्चर ?

लभ लेटर नै मिठो होला नि । हेहे ।

कक्षामा कतिखेर निदाइन्छ ?

धेरैजसो बोरिङ लेक्चर भएको बेला,धेरै कामको थकान भएको बेला चाहिं कक्षामै मस्त निदाइन्छ ।

कक्षामै देखेको सपना ?

त्यस्तो खासै सपना छैन ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

अष्ट्रेलियाले तपाईलाई के सिकायो ?

अष्ट्रेलियाले धेरै कुरा सिकायो । समग्रमा भन्दा समयको महत्व सिकायो ,अनि जीवन र संघर्ष भनेको के हो भन्ने बुझ्ने बनायो । आफ्नो लागि आफैंले गरिखाना सिकायो ।

अष्ट्रेलियन जीवनको सकरात्मक पक्ष ?

सकरात्मक पक्ष भनेको त्यही हो आफ्नो खुट्टामा आफैं उभिन सिकायो ।

नकरात्मक पक्ष नि ?

अष्ट्रेलियाको नकरात्मक पक्ष नै भेट्टाएको छैन ।

अन्त्यमा अष्ट्रेलिया आउन चाहनेहरुलाई के भन्नुहुन्छ ?

त्यही हो सोचेर र बुझेर आउँनुहोस् । अष्ट्रेलिया नेपालमा हुँदा कल्पना गरे जस्तो छैन । तर साह्रै खत्तम पनि होइन । दुख गर्न सक्नेलाई अवसरको खानी हो अष्ट्रेलिया ।

प्रस्तुति : गोपाल सुवेदी

Comments