मेलबर्न । नेपालको पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक जागरणका लागि एनआरएनए अष्ट्रेलियाले विभिन्न शहरहरुमा नेपाल फेष्टिबलको आयोजना गर्दै छ ।

विभिन्न मितिमा हुने फेष्टिबलका लागि स्थानीय आयोजकहरुले भव्य तयारी जारी राखेका छन् । यही क्रममा क्वीन्सल्यान्डमा भने यही १२ नोभेम्वरमा नेपाल फेष्टिबल हुँदैछ । सेलेब्रेट कल्चर,एक्सपिरियन्स नेपाल भन्ने नाराका साथ क्वीन्सल्यान्डमा हुन लागेको नेपाल फेष्टिबल विहान ११ बजेदेखि शुरु हुनेछ ।

कार्यक्रममा नेपालीपन झल्किने विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरु रहनेछन् , नेपाली मौलिक नृत्यहरु आकर्षणको रुपमा रहनेछ । सोही फेष्टिबलमा दर्शकहरुलाई सांगीतिक मनोरञ्जन प्रदान गर्न लोकप्रिय गायिका अञ्जु पन्त,गायक सुगम पोखरेल,लोक गायिका रमिला न्यौपाने र कन्दरा व्याण्ड क्वीन्सल्याण्ड आउने भएका छन् । साथमा अष्ट्रेलियामा रहेका नेपाली कलाकार पूर्ण परियार लगायतको समेत प्रस्तुति रहनेछन् ।

फेष्टिबलको प्रचार र सहभागीताका लागि आह्वान गर्न ११ नोभेम्वरमा फेष्टिबल परेड पनि आयोजना गरिने आयोजकले जनाएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

Comments

comments