एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मंगलवार निर्वाचन हुँदैछ । मताधिकार पाएका अमेरिकीहरु डोनल्ड ट्रम्प र हिलारी क्लिन्टनमध्ये कसलाई राष्ट्रपति बनाउने भन्ने निर्णय गर्न मतदानमा सहभागी हुँदैछन् ।

यसैबीच सूचना र प्रविधिमा अगाडि रहेको अमेरिकाले अन्तरिक्षबाट समेत मतदान गर्न पाउने व्यवस्था मिलाएको छ । अमेरिकी वैज्ञानिकहरुको संस्था नासामा कार्यरत वैज्ञानिकहरुको मताधिकारको सम्मानस्वरुप यस्तो व्यवस्था मिलाइएको हो । यो व्यवस्थाको सदुपयोग गर्दै नासाका वैज्ञानिक शेन किम्ब्रोले अन्तरिक्षबाटै मतदान गरेका छन् ।

नासाका खगोलशास्त्रीहरुको सुविधालाई ध्यानमा राखी ६ महिना अघि नै विशेष व्यवस्था मिलाइएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

अन्तरिक्षबाट मतदान गर्ने किम्ब्रो विश्वका पहिलो व्यक्ति वा मतदाता भने होइनन् । किनभने सन् १९९७ मा भएको राष्ट्रपतिय निर्वाचनमा अर्का अमेरिकी खगोलशास्त्री डेभिड वल्फले रसियन मिर स्पेश स्टेशनबाट मतदान गरेर पहिलो व्यक्ति बनेका थिए ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

Comments

comments