मेलबर्न । अष्ट्रेलियाको ४५७ भिसा लिइसकेपछि पेशा परिवर्तन गर्न नसकिने नै भन्ने त होइन तर त्यति सहज पनि छैन । किनभने यो ४५७ भिसा नै पेशा र दक्षतासँग सम्बन्धित भिसा हो ।

त्यसैले यदि कसैले यो भिसा लिइसकेपछि पेशा परिवर्तन गर्न चाहेमा अर्कै रोजगारदाताबाट स्पोन्सरसीपको व्यवस्था गर्न आवश्यक छ । यसका लागि अद्यागमन विभागमा अर्को निवेदन दर्ता गर्नुपर्छ । अर्को महत्वपूर्ण कुरा यदि तपाईले अहिलेको रोजगारदाता जसले तपाईको भिसा स्पोन्सर गरेको थियो,त्यसलाई छोडिदिनुभयो भने तपाईले तुरुन्तै अर्को स्पोन्सर खोजिहाल्नुपर्छ । किनभने स्पोन्सरसीप छोडेको २८ दिनभित्र अष्ट्रेलिया छोडिसक्नुपर्ने कानूनी प्रावधान छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

४५७ भिसाको प्रावधानले भन्छ–तपाईले स्पोन्सर परिवर्तन गर्न सक्नुहुन्छ तर क्षेत्र होइन । अर्थात तपाईले आइटी क्षेत्रबाट स्पोन्सरसीप बुझाएर यो भिसा लिनुभएको छ भने आइटी भन्दा अरु क्षेत्रको स्पोन्सरसीपले मान्यता नपाउँन सक्छ । किनभने यसमा थुप्रै कानूनी झन्झटहरु छन् ।

त्यसैले सीधा अर्थमा ४५७ भिसा लिइसकेपछि त्यही पेशामा आवद्ध भैरहनु उत्तम हुन्छ । तर एउटै क्षेत्रमा अर्को स्पोन्सरसीपको व्यवस्था गर्न सक्नुभयो भने तपाईले पहिलो कम्पनी र मालिकलाई छोड्न सक्नुहुन्छ । यसका लागि तपाईको नयाँ स्पोन्सरवालाले डिआइबीपी (DIBP) लाई तपाईको क्षेत्र र पेशा एउटै रहेको विश्वास दिलाई तपाईलाई उसले रोजगारमा राखेको प्रमाण पेश गर्नुपर्छ ।

-हिमालयन कङ्गारु करियर डेस्क

Comments

comments