लण्डन । हरेक वर्ष तिहारमा बेलयातमा देउसी र भैलो खेल्दै आएको नेपलीज व्रिटिश कम्यूनिटी यूके एनविसीले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको छ ।

एनविसीले देउसी र भैलोलाई आफ्नो वार्षिक कार्यक्रमकै रुपमा राख्दै आएको छ । नेपाली मौलिक कला,संस्कृति र परम्पराको संरक्षण र प्रवद्र्धन गर्नुको साथै संकलित रकम विभिन्न सामाजिक प्रयोजनमा खर्च गर्ने उदेश्यले तिहारको अवसरमा दुई दिन लक्ष्मी पूजा र गोवर्धन पूजाको दिन देउसी तथा भैलो खेलिएको एनविसी युकेले जनाएको छ । देउसी भैलोबाट संकलित रकम नेपालको चितवनमा संचालित लक्ष्मी प्रतिष्ठानलाई सहयोगार्थ उपलब्ध गराउने भएको छ ।

deusi

एनविसी युकेको देउसी र भैलो कार्यक्रमलाई बेलायतका प्रतिष्ठित सामाजिक र बौद्धिक व्यक्तित्वले हार्दिकता र खुसीका साथ स्वागत गरेका थिए । साथै उनीहरुले खुला हृदयले सहयोग प्रदान समेत गरे । बिदेशमा पनि नेपालकै शैलीमा ब्यक्तिको घरमै गई देउसी खेली आफ्नो संस्कृति र परम्पराको संरक्षण र प्रवद्र्धन गरेकोमा उनीहरुले प्रसन्नता व्यक्त गरे । आगामी बर्षहरूमा पनि यसैगरि आउन अनुरोध गरिएको थियो ।

deusi-2

यसपटकको देउसी भैलो कार्यक्रम निम्न व्यक्तिहरुको घरमा खेलिएको र त्यसबाट कुल रकम £१८४९.०३ संकलन भएको एनविसी युकेले जनाएको छ ।

१) पिपला देवान ।
२) कृष्ण तिमल्सिना
३) चित्र गुरूग
४) डा. श्याम चन्द
५) चिरन्जीवी ढकाल
६) खेम पौडेल
७) गोबिन्द घिमिरे
८) बासु लामीछाने
९) राज कुमार त्रिपाठी
१०) अनिल लामीछाने
११) महेश दाहाल

deusi-3

यस्तै उत्तम नेपाल,डेबिड गुरूङ र बिपी खनालबाट थप £ ४०० प्राप्त हुने प्रतिवद्दता प्राप्त भएको बताइएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

Please follow and like us:

Comments