मेलबर्न । नेपाली चाड पर्वहरु अहिले विश्वव्यापी हुँदै गएको छ । त्यसैले हरेक चाड पर्वहरु नेपालमा जस्तै विश्वका विभिन्न मुलुकहरुमा समेत उत्तिकै हर्षोल्लास र भव्यताका साथ मनाउँन थालिएको छ ।

यसैक्रममा नेपालका मधेसी समुदायको महान पर्व छठ पर्व आइतवार अष्ट्रेलियाको मेलबर्नमा पनि भव्यताको साथ मनाइएको छ ।

आफ्नो परम्परालाई जहाँ भएपनि यथावत राख्ने उद्देश्यले मधेशी समाज भिक्टोरिया अष्ट्रेलियाले एडवर्ड्स लेक, रेजर्भोयर, भिक्टोरियामा आयोजना गरिएको छठ पूजाको विशिष्ट अतिथिहरुमा एनआरएनएका केन्द्रीय अध्यक्ष शेष घले,भिक्टोरियाको बहुसांस्कृतिक मन्त्री,अवैतानिक महावाणिज्यदूत चन्द्र योञ्जन सहित विभिन्न संघ संसथाका प्रतिनिधिहरु रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँहरुले नेपालीहरु जहाँ रहे पनि आफ्नो मौलिक कला,संस्कृति,भाषा र पहिचानलाई जोगाइराख्नुपर्नेमा मतैक्यता व्यक्त गर्नुभयो ।

प्रस्तुत छ सोही छठ पूजाका केही महत्वपूर्ण झलकहरु :

1

2

3

4

5

6

7

8

9

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

Comments

comments