उपचारका क्रममा भारतमा निधन भएका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको शव काठमाडौं ल्याइएको छ ।

केहीबेर अघि उनको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याइएको हो । विमानस्थलमा कलाकारहरु पुगेका थिए । समथर्कहरुलाई भने प्रहरीले मुल गेटमा रोकेको थियो । सयौं समर्थकहरु विमानस्थल गेटमा पुगेका छन । अहिले श्रीकृष्णको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिनेछ ।

अहिले सयौं समर्थक पुगिसकेका छन । उनलाई श्रद्धान्जली दिन सञ्चारमन्त्री मिनेन्द्र रिजाल समेत जानुहुनेछ । श्रेष्ठको आजै सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । गृह मन्त्रालयले श्रेष्ठको अन्त्येष्टिमा १० प्रहरीले सलामी दिनेछ । श्रेष्ठको शनिबार राति दिल्लीस्थित गंगाराम अस्पतालमा निधन भएको थियो ।

Comments

comments