मेलबर्न । अष्ट्रेलियामा विभिन्न इभेन्टस् र कार्यक्रमहरुको आयोजना हुने ह्वात्तै बढेको छ ।

ती कार्यक्रमहरुमा सहभागी हुनेहरुको पनि उल्लेख्य संख्या हुने गरेका छन् । त्यसैले कसले कस्तो कार्यक्रम गर्ने भन्ने होडबाजी जस्तै चलेको छ । यही कारणले यहाँ नयाँ नयाँ इभेन्ट म्यानेजमेन्ट कम्पनीहरु समेत जन्मिने क्रम बढेको छ । त्यही भीडमा अष्ट्रेलियाको मेलबर्न केन्द्रीत एउटा नयाँ इभेन्ट कम्पनी हालै मात्र स्थापना भएको छ–सहि हो इभेन्ट्स एण्ड इन्टरटेन्टमेन्ट ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

उत्साही युवाहरुको पहलमा खोलिएके यो इभेन्ट कम्पनीले आफ्नो पहिलो कार्यक्रमको घोषणा गरि प्रचारप्रसारलाई समेत तीव्र बनाइसकेको छ । –सहि हो इभेन्ट्स एण्ड इन्टरटेन्टमेन्टले आगामी क्रिसमसका दिन अर्थात डिसेम्वर २५ मा समर बार्बेक्यू पार्टीको आयोजना गर्ने भएको हो ।

मेलबर्नको कोबर्ग लेकमा हुने उक्त पार्टीमा निशुल्क खाना र पेयको व्यवस्था गरिएको बताइएको छ । पार्टी अपरान्ह २ बजेदेखि शुरु गर्ने आयोजकको लक्ष्य छ ।

Please follow and like us:

Comments