मेलबर्न । नेपालका मधेसी समुदायको महान पर्व छठको अवसरमा आइतवार अष्ट्रेलियाको मेलबर्नमा छठ पूजाको आयोजना गरिएको छ ।

आफ्नो परम्परालाई जहाँ भएपनि यथावत राख्ने उद्देश्यले मधेशी समाज भिक्टोरिया अष्ट्रेलियाले एडवर्ड्स लेक, रेजर्भोयर, भिक्टोरियामा छठ पुजाको आयोजना गरेको हो । पूजा आज आइतवार बेलुकी ६ बजे देखि शुरु हुने छ । यस्तै भोलि सोमवार बिहान ५ बजे देखि पुनः सुरु भई उदाउदो सूर्यलाई अर्घ दिईएपछि प्रसाद वितरण पश्चात बिहान ८ः३० बजे पूजा सम्पन्न हुनेछ । पूजाको सम्पूर्ण तयारी सम्पन्न भएको मधेशी समाज भिक्टोरियाले जनायो ।

उक्त कार्यक्रममा मेलबर्न, अष्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपाली तथा गैर–नेपालीहरुलाई उपस्थित समेत भई पूजामा सहभागी हुन आयोजक मधेसी समाजले अनुरोध गरेको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

बिदेशमा अन्य चाडपर्व आफू अनुकुल मनाईदै आईए पनि “छठ पूजा ” भने पात्रोमा तोकिएको दिनमै मनाईने चलन छ । पूजा नदीको किनारमा मनाईने भएकोले उक्त दिनमा पूजास्थलमा माछा मासु खाएर जानु अशुभ मानिन्छ । साथै उक्त पर्वमा “चर्म रोग” हुनेहरुले भाकल गरे त्यो रोग चाडै निको हुने मान्यता रहेको छ ।

यसबाहेक छठ पूजामा आफ्नो परिवार र मानवजाती सुखी , सम्पन्न र स्वस्थ रहुन् भनेर समेत ब्रतालुहरु ब्रत बस्ने चलन छ ।

Comments