काठमाडौं । मलेसियाको कुचिङस्थित सारावाक नेगारी रंगशालामा नेपालले एएफसी सोलिडारिटी कपमा टिमोरसँग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशमा भएको बंगबन्धु कप र भारतमा सम्पन्न साफ गोल्डकपपछि नेपाल यस वर्ष तेस्रो उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी हुँदैछ ।

जापानी प्रशिक्षक ग्योटोकी कोजीको अग्निपरीक्षाका रूपमा रहेको यो प्रतियोगितामा नेपाल शनिवार आफ्नो पहिलो खेल प्रतियोगिताको कमजोर मानिएको टिमोर लेस्टेविरूद्ध खेल्दैछ । नेपालका लागि शनिबारको खेलमा राम्रो गोलअन्तरले टिमोरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने सुनौलो मौका छ । टिमोर आफ्नो पहिलो खेलमा ब्रुनाईसँग ४–० ले पराजित भइसकेको छ ।

यसैकारण पनि शनिवार साँझ सवा ५ बजेबाट सुरु हुने खेलमा नेपालको विजयलाई अहिलेदेखि नै सुनिश्चित मानिएको छ । तर, दुई दिनअघि कुचिङमा ब्रुनई र टिमोरबीच खेल हुँदा वर्षाले प्रभावित बन्न पुगेको थियो । त्यसैले नेपाललाई पनि पानीले धोका दिनेहोकि भन्ने चिन्ता छ । शुक्रबार कुचिङमा ठूलो हावा हुन्डरीसहित पानी परेको थियो।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

टिमोर र नेपालबीच यसअघि दुईपल्ट भिडन्त भएको छ । दुवैपल्ट नेपालको पोल्टामा जीत हात लागेको छ । सन् २०१४ को विश्वकप छनोटअन्तर्गत टिमोरविरूद्ध भएको खेलमा नेपालले पहिलो लेगको खेल २–१ र दोस्रो लेग ५–० गोलअन्तरले जितेको थियो।

टिमोरले यस वर्ष खेलेको कुल १० खेलमा सबै खेल गुमाएको छ । फेरि टिममा अनुभवीभन्दा युवाहरूको जमघट ज्यादा भएकाले पनि नेपालको जीतप्रति नेपाली प्रशिक्षकहरू ढुक्क छन् ।

नेपाल शनिबार ४–४–२ कै फर्मेसनमा मैदानमा उत्रिँदैछ । पहिलो खेलमा नेपालको अग्रपंक्तिको मोर्चा गोलमेसिनको छवि बनाएका नवयुग श्रेष्ठ र बिमल घर्तीमगरले सम्हाल्ने सम्भावना बलियो छ । यी दुई खेलाडीसँगै अनुभवी खेलाडीका रूपमा रहेका कप्तान अनिल गुरुङ, विराज महर्जन, रबिन श्रेष्ठ र किरन चेम्जोङको फिटनेसका कारण जापानी प्रशिक्षक कोजी निकै उत्साही छन् ।

Comments