कास्की । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले गोर्खाली सैनिक भारतीय सम्बन्धको आधार स्तम्भ भएको बताउनु भएको छ ।

शुक्रबार पोखरामा भूतपुर्व सैनिकहरुलाई सम्बोधन गर्दै राष्ट्रपति मुखर्जीेले भारतीय र नेपालीहरुको सम्बन्धलाई मजबुत बनाउन गोर्खालीले आधार स्तम्भको भुमिका निर्वाह गरेको भन्दै योगदानको प्रशंसा गर्नुभयो । उहाँले प्राचीनकाल देखि नै नेपाल र भारतबीच सामाजिक सांस्कृतिक घनिष्ठ सम्बन्ध रहेको औल्याउनुभयो । उहाँले भारत सरकारले यसै वर्ष देखि एक पद एक पेन्सनको व्यवस्था गर्न लागेको समेत बताउनुभयो । एक पद एक पेन्सनको व्यवस्था अनुसार दुइगुना पेन्सन बढाउने निर्णय गरेको समेत जानकारी पनि उहाँले दिनुभयो ।

राष्ट्रपति मुखर्जीले भारतको गोर्खा रेजिटमेण्टमा ३२ हजार सैनिक कार्यरत रहेको र १ लाख २६ हजार पुर्व सैनिक पेन्सनरत रहेको समेत बताउनुभयो । नेपालको तीन दिने राजकिय भ्रमणको अन्तिम दिन उहाँ जनकपुर हुदै पोखरा आउनुभएको थियो । पोखरा आइपुग्नु भएका राष्ट्रपति मुखर्जीलाई पोखरा विमानस्थल वाहिर पोखरेलीले नेपाल र भारतको झण्डा हल्लाउदै वाजागाजा र झाकी सहित स्वागत गरेका थिए ।

Comments