काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको त्रिदिवसीय राजकीय भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्कनु भएको छ । राष्ट्रपति मुखर्जी भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ५ः३५ बजे स्वदेश फर्कनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीन दिने राजकीय नेपाल भ्रमणका लागि गत बुधवार काठमाडौं आउनुभएका भारतीय राष्ट्रपति मुखर्जी शुक्रवार साँझ स्वदेश फिर्ता हुनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गर्नुभयो । विमानस्थलमा राष्ट्रपति मुखर्जीको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति मुखर्जीलाई विदाई गर्न उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिहरु,संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुख, राजदूतलगायत उच्च सरकारी अधिकारी उपस्थित हुनुभएको थियो ।

Please follow and like us:

Comments