मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा पहिलोपटक कुम्भ मेलाको आयोजना हुने भएको छ । यही आइतवार अर्थात् नोभेम्वर ६ मा हुन लागेको कुम्भ मेला मेलबर्नस्थित रक बैंक दुर्गा मन्दिरमा हुँदैछ । मेलालाई भव्य बनाउँन आवश्यक तयारी भैरहेको आयोजकले हिमालयन कङ्गारुलाई बतायो ।

विशुद्ध आध्यात्मिक वातावरणमा सम्पन्न हुने मेलामा विभिन्न धार्मिक भजनहरुको प्रस्तुति,पुस्तक पत्रपत्रिका,हरेकृष्ण,निशुल्क सत्विक खाना लगायतका स्टलहरु रहनेछन् । मेलामा भारत,नेपाल र इन्डोनेसियाका धर्मगुरुहरुले प्रवचन दिनुहुनेछ । साथै मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि रहनेछन् । तर यो कुम्भ मेलाको सबैभन्दा आकर्षण पक्षको रुपमा मेलबर्नमा पहिलोपटक योग शक्तिको प्रदर्शनी रहनेछ । योग तन्त्रको जादुमय प्रस्तुतिले आगन्तुकहरु आश्चर्य चकित हुने आयोजकको दाबी छ ।

विहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने कुम्भ मेलामा सहभागी भई आध्यात्मिक अनुभूतिमा रमाउन मेलबर्न निवासी सम्पूर्ण नेपाली समुदायलाई समेत अपिल गरिएको मेलाका सह आयोजक नृत्यानन्द संघले जनाएको छ ।

मेलाको आयोजना भने अखिल भारतीय अखडा परिषद मेलबर्नले गर्न लागेको हो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

Comments

comments