काठमाडौ । सरकारले थप १२ वटा नयाँ सहर छनोटको प्रक्रिया थालेको छ ।अब हुने नयाँ सहरमध्ये तराई क्षेत्रबाट पूर्वपशिचम जोड्ने हुलाकी राजमार्गमा १० वटा रहने छन् । त्यस्तै प्युठान र सुर्खेतमा १–१ गरी २ वटा हुनेछन् ।

गत आर्थिक वर्ष ७२–७३ मा नै नयाँ सहर थप गर्नेसम्बन्धी व्यवस्था गरिएको भए पनि प्यूठान र सुर्खेतमा परामर्शदाता नियुक्त गर्ने बाहेक कुनै काम हुन सकेको छैन ।

चालू आवमा भने थप १२ सहरमा रहने ठाउँ निश्चित गर्ने गरी काम भइरहेको नयाँ सहर आयोजनाका कायममुकायम निर्देशक चक्रवर्ती कण्ठले जानकारी दिए ।आयोजना व्यवस्थापन पक्षका अनुसार अहिलेसम्म प्यूठान र सुर्खेतमा नयाँ सहर छनोटको काम अन्तिम अवस्थामा पुगेको छ ।

हुलाकी राजमार्गमा रहने १० वटा सहरको भने प्रारम्भिक अवस्थामा नै छ ।यसअघि सरकारले मध्यपहाडी राजमाजर्गमा पर्नेगरी १० वटा नयाँ सहर निर्माणको स्थान छनोट गरी काम सुरु गरिसकेको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

Comments

comments