दक्षिण कोरियाको मानव संशाधन विकास एचआरडीले रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत लिइने भाषा परीक्षाका लागि यो वर्ष नेपालमा ६० हजार र्फम बिक्री गर्ने भएको छ ।

साउन २८ देखि ३१ गतेसम्म र्फम वितरणका लागि एचआरडीले तोकिएका र्फम नेपाल पठाएको हो । नेपालले यो वर्ष काठमाडौं उपत्यकाका तीन स्थानसहित बुटबल, धरान, डडेलधुरा र पोखरा गरी ७ स्थानबाट र्फम बिक्री गरिने कार्यक्रम अघि सारेको छ । डडेलधुरा र पोखरा यो पटक थपिएका केन्द्र हुन । गत वर्ष ४८ हजार र्फम वितरण गरिएको थियो ।

Comments