मेलबर्न । पछिल्लो समय अष्ट्रेलियामा नेपालीको संख्या बढ्दै गएको छ । नेपालीको संख्या बढेसँगै यहाँका नेपाली समुदायमा विभिन्न किसिमका समस्या र अप्ठ्याराहरु पनि देखा पर्न थालेका छन् । त्यसमा पनि आत्महत्या,दुर्घट्ना वा अन्य कारणले मृत्यु हुने नेपालीको संख्या पनि बढेका छन् । ती मृतकहरुको शवको दाहसंस्कार गर्न वा नेपालमा शव पठाउन निकै महँगो पर्ने भएकोले समुदायलाई सहयोगको अपिल गरेर सहयोग रकम संकलन भएपछि मात्र दाहसंस्कार गर्न वा शव नेपालमा आफन्तलाई पठाउन सम्भव हुने गरेको छ । त्यसको लागि केही समय लाग्ने गरेको छ ।

यस्तै गम्भीर रोगबाट थला परेर उपचारको अभावमा अस्पताल जान नसकेका वा अलपत्र परेका नेपालीको संख्या पनि बढ्दै छ । विशेष गरि आर्थिक अवस्था कमजोर भएका नेपालीहरु उपचार गर्न नसकेर “भगवान भरोसा“ मा बस्न विवश छन् । कतिले त आफ्नो मातृभूमी छोडेर सुनौलो सपनाको लागि लड्दालड्दै अस्पतालको कोठाभित्र तड्पिएर सास छोड्नुपरेको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise
helpयस्तै अवस्थाहरुमा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने गरि कोष जुटाउन अष्ट्रेलियामा एउटा नवीन कार्यको शुरुवात भएको छ । समस्या आइलागेपछि मात्र सहयोगको लागि हात फैलाउने भन्दा सम्भावित आपतविपतमा सहयोग गर्ने गरि कोष जुटाउन अनलाइन अभियान शुरु गरिएको हो । अष्ट्रेलियामा अध्ययनरत युवा उज्जवल खनालको सोंचको रुपमा उहाँले नै शुरु गरिएको यो अनलाइन अभियानका लागि छुट्टै वेवसाइटको विकास गरिएको छ ।

Helpbegin.com डोमेन नाम रहेको उक्त वेवसाइटमा गएर इच्छुकहरुले आफूले डोनेट गर्न चाहे जति रकम अनलाइनबाटै डोनेट गर्न सकिन्छ । यसका लागि प्रयोगकर्ताले सामान्य दर्ता बाहेक अरु केही गर्नै पर्दैन । फेसबुक युजर्सले त्यही आइडीबाटै रजिष्टार गर्न सकिने व्यवस्था समेत छ । अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आपतविपदमा सहयोग गर्न कोष जुटाउने यो अभियानमा डोनेट गर्न भने संसारका जुनसुकै ठाउँबाट गर्न सकिनेछ । यसमा सम्बन्धित देश वा बैंकहरुले लिने कार्ड प्रयोग वापतको सामान्य शुल्क बाहेक अरु कुनै शुल्क लाग्दैन ।

यो अनलाइनबाट यदि कुनै व्यक्ति वा संस्थालाई कुने समस्या परेर सहयोग चाहिएमा त्यसका बारेमा पनि उल्लेख गर्न सकिन्छ । उनीहरुले आफ्नो समस्यार प्रोजेक्टको कारण खुलाएर आफुलाई सहयोगको लागि अपिल गर्न सक्छ । पारदर्शिता सम्बधित जटिल प्रश्नहरु नउठ्ने भएकोले सहयोगीहरुले पनि निश्चिन्ता भएर सहयोग गर्न सकिने खनालले बताए । किनभने आफूले गरेको सहयोग सिधै अपिल गर्ने ब्यक्ति सामू पुग्ने व्यवस्था छ । यसले गर्दा सहयोगको नाममा हुनेगरेका दलाली प्रवृत्तिको अन्त्य हुने खनालको विश्वास छ ।

यसमा फन्ड अपिल गर्ने ब्यक्ति या संस्थाले अपिल गर्नुको कारण विभिन्न तस्बिर, भिडियो, लेखको मार्फत खुलाउन सक्छ्न । हुन त इन्टरनेटमा यस्ता थुप्रै वेबसाइटहरु छ्न तर नेपालीले नेपालीहरुका लागि बनाएको यस्तो वेवसाइट भने सम्भवतः यो पहिलो भएको खनालको दाबी छ ।

Comments

comments