मेलबर्न । अष्ट्रेलियामा पछिल्लो बर्षहरुमा धुम्रपान गर्नेको संख्यामा उल्लेख्य कमी आएको छ ।

हालै प्रकाशित तथ्यांकले बिकसित देशहरुमा अष्ट्रेलिया, धुम्रपान कम गर्ने देशको सूचीमा अगाडि रहन सफल भएको छ । अष्ट्रेलियामा अहिले धुम्रपान गर्नेहरुको संख्या १३ प्रतिशतमा झरेको बताइएको छ ।

यसरी धुम्रपान गर्नेको संख्यामा कमी आउनुमा सरकारी नीति नै प्रमुख कारण मानिएको छ । केहि बर्ष अघि अष्ट्रेलियाको सरकारले चुरोटका डब्बाहरुमा आकर्षण नगराउन सादा प्याकेजिंगको कानूनी निर्देशन जारी गरेको थियो । यसै कारण धुम्रपान गर्नेको संख्यामा कमी आएको लाई धेरै बिज्ञहरुको कथन छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

अष्ट्रेलियामा धुम्रपान गर्नुलाई समाजमै असहज कार्यको रुपमा मानिने भएकोले पनि लगातार धुम्रपान गर्नेके संख्यामा कमी आएको बताइन्छ । सरकारको लक्ष्य यो संख्यालाई अझै घटाएर, सन् २०१८ सम्ममा १० प्रतिशतमा झार्ने रहेको छ ।

अन्य समुदायमा निक्कै उत्साहजनक प्रगति देखिए पनि,अष्ट्रेलियाको आदिबासी समुदायमा भने अझै धुम्रपान गर्नेको संख्या कम गराउन खासै ठूलो सफलता पाउन सकेको छैन ।

Comments

comments