काठमाडौं । भारत र पाकिस्तानबीच काश्मिरमा भैरहेको पछिल्लो अघोषित लडाइमा एक नेपालीको ज्यान गएको छ ।

पाकिस्तान क्षेत्रबाट भएको गोलाबारीबाट सोमवार भारतीय सेनामा कार्यरत एक नेपालीको ज्यान गएको हो । भारत—पाकिस्तान सीमावर्ती क्षेत्र रजौरीमा सुरक्षाका लागि खटिएका गोर्खा राइफलमा कार्यरत राइफलम्यान विमल तामाङको पाकिस्तानी फौजको आक्रमणमा मृत्यु भएको भारतीय सेनाका प्रवक्ता कर्नेल मनिष मेहेताले पुष्टि गरेका छन् ।

तामाङको मृत्यु पुष्टि गर्दै मेहेताले पाकिस्तानी पक्षले अचानक गोलाबारी शुरु गरेपछि उक्त दुखद् घटना भएको बताए । मृतक तामाङ सुनसरीको धरान निवासी रहेको बताइएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

सन् १९४७ मा नेपाल—वेलायत—भारतबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालीहरु भारतीय सेनामा कार्यरत छन्। ७ गोर्खा रेजिमेन्टभित्र ४० बटालियन छन्। करिब ४० हजार नेपाली नागरिक भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत छन् ।

Comments

comments