काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने नेपाल भ्रमणका लागि बुधवार काठमाडौं आउँदै हुनुुहन्छ ।

मुखर्जीको नेपाल भ्रमणका क्रममा सवारी आवागमन केही असहज हुने भएको छ ।

आउँदो शुक्रबारसम्म हुने भ्रमणका क्रममा विभिन्न रुटमा सवारी आगामन प्रभावित हुने हुँदा वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । यसका लागि ट्राफिक प्रहरीले बुधवार विहानै सर्वसाधारणलाई नेपाल टेलिकम,एनसेलको एसएमएस सेवाबाट जानकारी गराइसकेको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले राष्ट्रपतिको सवारीको समयानुसार केही असहजता आउने भएकाले त्यो समयमा वैकल्पिक सडकको प्रयोग गर्नु उपयुक्त हुने बताउनुभयो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

बुधबार बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, थापाथली, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक भएर चल्ने सवारीसाधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

Comments

comments