काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ संविधानमा सबैका भावनाको प्रतिनिधित्व गर्ने प्रयोजनका लागि सरकार संविधान संशोधनको गम्भीर गृहकार्यमा जुटिरहेको बताउँनुभएको छ ।

नेपाल संवतको उपलक्ष्यमा सोमबार शुभकामना सन्देश दिँदै उहाँले संविधानको स्वीकार्यता बढाएर यसको कार्यान्वयन र मुलुकको समृद्धिका लागि यसले महत्वपूर्ण योगदान गर्ने आफूले विश्वास लिएको प्रष्ट पार्नुभयो ।

गणतन्त्र स्थापनापछि आफ्नै प्रधानमन्त्रीत्वकालमा नेपाल संवतलाई राष्ट्रिय संवतत्का रुपमा घोषणा गर्ने अवसर मिलेको स्मरण गर्दै अहिले नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा स्थापित गर्ने र व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी सबै नेपालीको काँधमा रहेको सन्देशमा उल्लेख छ ।
सन्देशमा भनिएको छ– “नेपाल संवत् नेपालको मौलिक संवत् हो । जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियान्ता शङ्खधर साख्वाःले समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसाल्नुभएको थियो ।’’ नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति साख्वाःले पु¥याउनुभएको योगदान सबैका लागि प्रेरणादायी भएको प्रधामन्त्रीले बताउनुभएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

सन्देशमा प्रधानमन्त्री दाहालले आजको २१ औँ शताब्दीको विकसित युगमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्न र देशको स्वाधीनताको रक्षा गर्न सकिने उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको मौलिक संवत् नेपाल संवत् ११३७, नयाँ वर्ष शुभारम्भको सुखद उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

Comments

comments