मेलबर्न । अष्ट्रेलियाको मेलबर्नको आकाशमा शनिवार रंगीविरंगी चङ्गाहरु एकसाथ उड्ने भएका छ ।

दशैं र तिहारको सन्दर्भ पारेर अष्ट्रेलियाको मेलबर्नमा नेपाल काइट फेष्टिबल हुन लागेको हो । यसअघि अक्टुबर १६ मा तय भएको फेष्टिबल खराब मौसमका कारण स्थगित गरिएको थियो ।

भोलि शनिवार मेलबर्नको मौसम सफा र अनुकुल हुने मौसम विभागले जनाएपछि मेलबर्नको आकाशमा चङ्गाहरु उड्ने पक्का भएको हो ।

नर्थकोटस्थित अलनेशनस् पार्कमा हुने नेपाल काइट्स फेष्टिबलमा चङ्गा उडान प्रतियोगीता सबैभन्दा आकर्षक पक्ष रहने आयोजकले जनाएको छ ।

साथमा नेपाली खानाका स्टलहरु,सांस्कृतिक कार्यक्रम,डिजे म्यूजिक र डान्सले महोत्सवको रौनकता बढाउँनेछ । महोत्सवमा बालबालिकाहरुलाई फन गेम्स र विभिन्न गतिविधिहरु समावेश गरिनेछन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

सोलाङ्चरको आयोजनामा हुन लागेको यो नेपाल काइटस् फेष्टिबल २०१६ लाई नेप्लीज एसोसियसन अफ भिक्टोरियाको समेत सहकार्य रहनेछ ।

पूर्ण रुपमा पिकनिकमय वातावरणमा सम्पन्न हुने फेष्टिबलमा आउँने सबैलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । हिमालयन कङ्गारुले यस फेष्टिबलको अफिसियल मिडियाको रुपमा सहकार्य गर्दै आएको छ ।

Comments

comments