मेलबर्न । नेपालीहरुको अर्को ठूलो पर्व तिहारको रमझमले नेपाली समाजलाई छपक्कै छोइसकेको छ । झिलिमिली बत्ति र चेलीमाइतीबीचको भावनात्मक सम्बन्धको पर्व तिहारलाई ध्यानमा राखि अष्ट्रेलियाबाट नयाँ गीत सार्वजनिक गरिएको छ ।

अष्ट्रेलियामा बस्दै आएका दिल तामाङको शब्दमा रहेको यो तिहार गीतमा सिड्नीमै रहेका कलाकारहरु राजकुमार गोश्वामी,विकास उप्रेती,किरण भण्डारी,समी श्रेष्ठ र सरोज महर्जनले पनि दिल तामाङलाई साथ दिएका छन् । किरण भण्डारीले यो गीतलाई कम्पोज गरेका हुन् ।

नेपाली टच अष्ट्रृेलियाको ब्यानरमा यसको म्यूजिक भिडियोलाई सुनित श्रेष्ठले निर्देशन गरेका छन् । यसमा अरुणा भण्डारीले चेलीको भूमिकामा अभिनय गरेकी छिन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

गीतमा वर्ष दिनमा आउने तिहारको रमझमलाई परदेशमा आएपछि असाध्यै मिस गर्ने गरेको प्रवासी भावनालाई प्रस्तुत गरेको छ । त्यसक्रममा तिहारमा खेलिने देउसी भैली,सेलरोटी,झिलिमिली बत्ति,हरियो गोबरले लिपेको सफा घर आगन,थरिथरिका फूल,तिहारमा हाल्ने लिङ्गे पिङदेखि लक्ष्मी पूजासम्मका प्रसँगहरु निकै मीठो शैलीमा सम्झना गरिएको छ ।

गीतको शब्द यस प्रकार छन् :

वर्ष दिनमा तिहार आउँदा रुदै होलान् मेरी दिदी बहिनी
रम्दै होलान् गाउँघरमा साथी भाइ खेल्दै देउसी भैली
हे भन मेरा भाइ हो–देउसी रे
राम्ररी भन–देउसी रे
स्वर मिलाइ भन–देउसी रे
ए भन न भन – देउसी रे ।

भुलेको छैन त्यो लिङ्गे पिङ धर्तीलाई छोडेको
हरियो गोबर त्यो रातो माटो आँगनमा लिपेको
ताजैछ अझै मादलको तालमा छमछमी नाचेको
देउसीको कमाइ दिदीलाई भनि सगुनमा साँचेको ।
वर्ष दिनमा तिहार आउँदा रुदै होलान् मेरी दिदी बहिनी ।

भुलेको छैन त्यो लक्ष्मीपूजा सेलरोटी हालेको
झलमल गर्दै घरदैलो भरि दियो बत्ति बालेको
खैचडी मादल क्या मीठो भाका देउसीमा गाएको
निधारमा टीका गलामा माला ओखर फुटाएको ।

Comments

comments