मेलबर्न । अष्ट्रेलियाले विभिन्न मुलुकबाट आएका ६० हजारको भिसा रद्द गरेको छ । यहाँको अध्यागमन तथा सीमा सुरक्षा विभागले आर्थिक वर्ष २०१५–२०१६ मा यति धेरैको भिसा रद्द गरेको जनाएको हो ।

विभिन्न देशबाट फरक फरक भिसामा अष्ट्रेलिया आएकाहरूको यति धेरै संख्यामा भिसा रद्द हुनुको कारण पनि फरक फरक रहेको जनाएको छ । भिसा रद्द हुनेमध्ये धेरै चाहिं ओभर स्टे भएकाहरु रहेका छन् । यसरी रद्द हुनेहरूको संख्या १५ हजार रहेको छ । यी मध्ये अधिकांश आफैले विभागमा सम्पर्क गरेका हुन् ।

समयावधीमा विभागले गैरकानुनी कामदारबारे ४०० भन्दा बढी चेतावनी जारी गरिसकेको जनाएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseअष्ट्रेलियामा विद्यार्थी भिसा रद्द हुनुको कारण :

अष्ट्रेलियामा विद्यार्थी भिसामा आउनेहरूको पनि वर्षेनी ठूलो संख्यामा भिसा रद्द हुने गरेको छ । अष्ट्रेलिया आईसकेपछि विभिन्न वहानामा कलेज तथा कोर्ष परिवर्तन गर्ने साथै भिसामा रहेका सर्तहरू उल्लंघन गर्नेहरूको भिसा रद्द हुने गरेको छ । त्यसरी विभिन्न कारण विद्यार्थी भिसा रद्द हुने नेपाली विद्यार्थीको संख्या पनि उल्लेख्य रहेको छ ।

अष्ट्रेलियाको अध्यागमन ऐनका आधारमा सन् २०१४ डिसेम्बर देखि जुन २०१६ का बीच १५३० भन्दा बढी विद्यार्थीको भिसा चरित्रका कारण रद्द भएको छ । त्यस्तै ४८८ जनाको भिसा आवेदन अस्वीकार गरिएको विभागले जनाएको छ ।

Comments