-डा जया सत्याल

दाइको दुई थप्पड

सायद म आठ वर्षकी हुँदी हुँ, दुई कक्षामा पढ्दै थिएँ । उही न हो बुवाको शुद्ध जागिर, हामी चार–चार सन्तान, कमजोर आर्थिक अवस्था । अहिलेका बालबालिकाका जस्ता महँगा गुडीया, गाडी, बल, बन्दुक, भिडियो गेम, आईप्याडजस्ता खेलौना कहाँ नै हुन्थे र ? खेलौनाका रुपमा कपडाले बनाएका पुतली अनि बाटोघाटोमा फ्याँकेका खैनीका बट्टा, तीनतिर प्वाल पार्दै धागो हालेर लट्ठी राखी तराजु बनाइन्थ्यो । विभिन्न आकारका ढुङ्गाका ढक अनि चौरमा उम्रेका झारपातका फलफुल र सागपात बनाई पसल थापिन्थ्यो । साहुजी र ग्राहक बनी किनबेचको अभिनय गरिन्थ्यो ।

एकदिनको कुरा हो, सायद तपाईँ घरमा हुनुहुन्नथ्यो । बैनी र म चौरमा साहुनी बनी खेल्दै थियौँ । चौरमा उम्रिएका थरिथरिका झारपात बटुल्दाबटुल्दै एक्कासी बेलुनजस्तो तर केही ठूलो आकारको चिज फेला प¥यो । देख्नासाथ दुवै फुरुङ्ग भयौँ, टिप्नासाथ खुशीले गद्गद् भयौँ ।

बेलुनमा लागेको फोहोर टक्टक्याउदै हामी बेलुन फुक्न के लागेका थियौँ, उताबाट कड्किएको दाइको सुनियो, ‘के गर्छन् यी काम नलाग्ने केटाकेटीहरु ! जे पायो त्यही खेलेको छ ।’ उहाँ त रिसले चुर हुनुभयो । कसले टिपेको यस्तो फोहोरी चीज भन्दै मेरो गालामा दुई थप्पड हान्नुभयो । म ट्वाल्ल परें, अक्क न बक्क भएँ । टिपेको वस्तु फ्यात्त फ्याँकेर घर फर्किएँ ।

मैले झन्डै चार वर्ष पछि मात्र बेलुनको रहस्य चाल पाएँ । त्यो मैले टिपेको वस्तु त बेलुन नभएर कन्डम पो रहेछ । ए ! मैले त साँच्चै टिप्नै नहुने, बच्चाले नाम लिनै नहुने, हेर्ने र खेलाउन नहुने फोहोरी वस्तु पो टिपेकी रहेछु अनि कसरी फुक्थेँ त मैले । बरा ! दाईले पनि कसरी बुझाउनुहुन्थ्यो त त्यसवेला मलाई ।

म रोईरहेकी थिएँ, अनि आमाले के भयो भनी सोध्नुभयो, टाउको दुखेको पो हो कि भन्दै सिटामोल खान दिनुभयो । तर पनि म केही बोलिन । के बोल्ने ? के–का लागि गाली रन्किए ? अड्कल गर्नै सक्दिनथेँ । तर सधै मेरो मनमा लागि नै रह्यो दाईले किन काम नलाग्ने केटाकेटी भन्नुभएको भनी । यो घटनापछि मैले फागु पूर्णिमामा पनि बेलुन किन्ने आँट गर्न सकिन् । अरु सबै बेलुन किन्थे, फुक्थे र पानी भर्थे तर म रङ्ग मात्र खेल्दथें, अरुले बेलुन खेलौ भन्दा मन छैन भनी टारी दिन्थे ।

चारवर्ष पछि थाहा पाएँ कण्डम हो भनेर

मैले झन्डै चार वर्ष पछि मात्र बेलुनको रहस्य चाल पाएँ । त्यो मैले टिपेको वस्तु त बेलुन नभएर कन्डम पो रहेछ । ए ! मैले त साँच्चै टिप्नै नहुने, बच्चाले नाम लिनै नहुने, हेर्ने र खेलाउन नहुने फोहोरी वस्तु पो टिपेकी रहेछु अनि कसरी फुक्थेँ त मैले । बरा ! दाईले पनि कसरी बुझाउनुहुन्थ्यो त त्यसवेला मलाई । थाहा पाएपछि त मैले गालाको दुःखाई बिर्सिएँ ।

त्यस समयमा पनि साथीहरुबाट यतिमात्र थाहा भयो – कन्डम भनेको नराम्रो चिज हो भन्ने कुरा । त्यो त अरुको अगाडि नाम उच्चारण गर्न नमिल्ने वस्तु रहेछ । मलाई अत्तोपत्तो थिएन यो के र कुन कामको लागि प्रयोग हुन्छ भन्ने बारेमा ।

विद्यालयमा स्वास्थ्य विषयबारे प्रजनन् स्वास्थ्य, परिवार नियोजनजस्ता पाठको पढ्ने पालो आईपुग्ने बित्तिकै शिक्षकहरु नपढाइकन तिमीहरु आफै पढ भनी मुसुक्क हाँस्दै हिड्नुहुन्थ्यो । तपाईं आफै भन्नु त, सर मिसहरुले नपढाएको विषय हामी विद्यार्थीहरुले स्वअध्ययन गरेर कसरी बुझ्न सक्थ्यौँ र त्यसबेला ?

मुसुक्क हाँसेर शिक्षक भन्थे– आफैँ पढ है ?

विद्यालयमा स्वास्थ्य विषयबारे प्रजनन् स्वास्थ्य, परिवार नियोजनजस्ता पाठको पढ्ने पालो आईपुग्ने बित्तिकै शिक्षकहरु नपढाइकन तिमीहरु आफै पढ भनी मुसुक्क हाँस्दै हिड्नुहुन्थ्यो । तपाईं आफै भन्नु त, सर मिसहरुले नपढाएको विषय हामी विद्यार्थीहरुले स्वअध्ययन गरेर कसरी बुझ्न सक्थ्यौँ र त्यसबेला ? कहिलेकाँही यो विषयमा के रहेछ भन्ने मनमा नउब्जिएको पनि हैन ।

कक्षामा सबैका अगाडि पढ्दा पनि साथीभाइहरुले जिस्काउलान् भन्ने डर थियो । फेरि सर, मिसले पनि गलत अर्थ लगाउनु होला भन्ने उस्तै पिर , अनि घरमा पढ्दा पनि दाजुभाई, दिदीबहिनीले देख्लान् भन्ने त्राही–त्राही । मौका हेरेर यसो पाना पल्टायो, अनि कसैले खोकेको सुन्यो कि हत्त न पत्त अर्कै पाना पल्टाउने गरिन्थ्यो ।

दिइएको पाठ नपढी पनि सुखै थिएन । जहिले पनि जाँचमा अनिवार्य एक प्रश्न प्रजननसम्बन्धी सोधिन्थ्यो । कम्ता मुस्किल परेको हैन परीक्षामा लेख्न पनि । त्यो विषय पढी सकाउन आमा, दाई, दिदी, बहिनी कोही नभएको मौका छोप्नुपथ्र्यो । एसएलसीसम्म पनि म मा प्रजनन स्वास्थ्य, परिवार नियोजन भनेको लाजैमर्दो कुरा हो भन्ने गलत धारणा बसेको थियो ।

ट्वाइलेटभरि कण्डम, साथीका बुढाबुढी लाजले भुतुक्क

मैले आईएस्सी पढ्दै गर्दा झण्डै छ महिनाअगाडि विवाह गरेकी हितैषी साथीले फोन गरिन् । म उनको विवाहमा परीक्षाका कारण उपस्थित हुन सकेकी थिइनँ । उनले मलाई आफ्नो नयाँ घर देखाउन र आफ्ना घरका सदस्यसँग परिचय गराउन बोलाईन् । म पनि शनिवारको दिन पारेर उनको घर पुगेँ ।

तर संयोगबश त्यो दिन उनको ट्वाइलेट जाम भएको रहेछ । घरका सबै सदस्य जाम खोल्न व्यस्त थिए । कोही ट्वाईलेट खोल्ने मान्छे खोज्न गए त कोही पानीको व्यवस्था गर्दै थिए । घरमा ठूलै हल्लाखल्ला मच्चिएको थियो । कामदार भेला भए र वरिपरि नियाले । ती कामदारहरुले ट्वाईलेट खोलेरै छाडे । ट्वाईलेट त रबरका तिनै आतङ्कित कन्डमले पो भरिएको रहेछ । उपस्थित सबैजना छक्क, अक्क न बक्क र दिक्क देखिन्थे ।

घरमा एकजोडी छोरा बुहारीबाहेक सबै अविवाहित, अनि डेरामा बसेका उमेरदायी केटाकेटी र पचास नाघिसकेका । घरबेटी बाआमाको अगाडि बिचरा ! ती मेरी साथी र उनका श्रीमान् लाजले भुतुक्क भए । धेरै दिनसम्म आमाबुवाको आमुन्ने सामुन्नेपर्नै सकेनौं भन्थे ।

यो प्रसङ्गका बेला म चिकित्सा विषयको पढाई शुरु गर्दै थिएँ । अब भने मलाई यौन र कन्डमका बारेमा धेरै बुझिसकेकी थिएँ । त्यसैले मैले मेरी साथीलाई गाली गर्न थालें । आफू र आफ्ना घरमा बस्नेबाट गल्ती हुन गए होस गराउने तिम्रो काम हो, किन चुप बस्यौ भनी सोधें ।

उनीहरुको कुरा के परेछ भने सुनसान र एकान्त ठाउँमा उनीहरुको घर, फोहोर फ्याँक्ने ठाउँको उचित व्यवस्थाको अभाव, भर्खरै बैवाहिक जिवनमा गाँसिएका हँुदा परिवार नियोजनका स्थायी साधन प्रयोग गर्न अलि मिलेनछ । अब के गर्ने भनी उनीहरुले कन्डमको प्रयोग गर्न थालेछन् । अब कता फ्याँक्ने, घरमा अरुले देखे लाज हुने भन्ने ठानेर सबैभन्दा गोप्य ठाउँका रुपमा ट्वाईलेट देखेछन् ।

सुरु–सुरुमा त राम्ररी नै फ्लस भएछ । पछि त्यही त हो रबरको चिज, पानी प्रशस्त नभएको र सजिलै कुहिने नभएकाले ट्वाईलेट जाम हुन पुगेछ । म उनीहरुको घटना सुनी ट्वाल्ल परेँ । सम्झेँ, साँच्चै रेडियो, टीभी, पत्रपत्रिकामा हेर्नुहोस् त जताततै कन्डमको बारेमा जानकारी पाईने तर यसको उचित प्रयोग, सही विसर्जन र व्यवस्थापनको बारेमा कुनै जानकारी नदिईने । किन यस्तो भईरहेछ, किन गहिरिएर नसोचिएको हो ? साँच्चै गल्ती त हामीबाट नै भएको रहेछ, कुनै पनि विषयको बारेमा जानकारी दिँदा त्यसको बारेमा विस्तारमा ज्ञान दिनुपर्ने हो ।

कुनैपनि सामानको उत्पादन त्यसको आवश्यकताले गर्छ । आवश्यकता महसूस गरेपछि वस्तुको व्यवस्थापनबारे पनि सोचिनु पर्छ । सामानको उत्पादन परिचालन र व्यवस्थापन गर्न सकिएन भने त्यसको औचित्यको मूल्य रहन्न ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseपैसा खस्यो कण्डममा, टिप्नै लाज लाग्यो

कन्डमले संसार पिरेको छ, अर्को प्रसङ्ग उठाउँछु । बैनी विजया अध्ययनको सिलसिलामा लन्डन पुगेकी थिईन् । त्यहाँ त मानव अधिकार, जनावर अधिकार आदि भएको अनुशासित, प्रदुषणरहित, सभ्य अति सुन्दर सहर लण्डनको जनजिवन अत्यन्त व्यस्त देखिन्छ रे । सडक, पार्क, होटल, ट्वाईलेट कतै पनि फोहोरको त कुरै छोडौं सानो कागजको टुक्रासम्मपनि भेटिदैन थियो रे । यौन स्वतन्त्रताको मुलुक भनिए पनि त्यहाँ बलात्कारका घटना सुनिदैनन् रे । संसारमा यहाँ जति सभ्य मानिस कहीँ नहोलान् भन्ने लाग्दैथ्यो रे । उनलाई यत्तिकैमा एउटा घटनाले छक्क पारेछ ।

मेरी बहिनी दाजुसँगै घुम्न गएकी रहिछन् । डुल्दाडुल्दै थकित भएका उनीहरु दुवैले चिसो खाने विचार गरेछन् । यसो पैसा तिर्न लागेको त पैसा भुईंमा खसेछ । पैसा उठाउन खोज्दा त उनी छक्क परिछन् । पैसा त बाटोमा फ्यात्त फ्याँकिएको कन्डमको छेउमै झरेछ । पैसा टिपौं कि नटिपौं भनी दाई बहिनी दुवै दोधारमा परेछन् । दाईले के ठान्नुहोला भन्ने लागेर उनले त्यो झरेको पैसाको माँया मारिछन् । पुनः ब्यागबाट अर्को पैसा झिकी पैसा तिरिछन् ।

बाटोे, गल्ली, खाल्डो, हस्पिटल जताततै खुलम्खुल्ला फ्याकिएका कन्डम देखिनथाले । सहरदेखि गाउँसम्म जताततै अव्यवस्थित रुपमा फ्याँकिएका वेवारिसे रबरका खोल । हुँदाहुँदा हस्पिटल वरपर, पिकनिक स्थल, विद्यालय–कलेजका ट्वाईलेटदेखि लिएर मन्दिर परिसर वरपरसम्म पनि । अलि अध्याँरो, ओसिलो र खाल्डाखुल्डीको त कुरै छोड्नुहोस् ।
अस्पतालदेखि मन्दिर परिसरसम्म कण्डम

यी घटनाले गर्दा मेरो दिमागमा कन्डमकै भूत चलेको थियो । मैले यसपछि हिँड्दा, डुल्दा, विद्यालय जाँदा, बाटोमा नियालेर हेर्न थालें । बाटोे, गल्ली, खाल्डो, हस्पिटल जताततै खुलम्खुल्ला फ्याकिएका कन्डम देखिनथाले । सहरदेखि गाउँसम्म जताततै अव्यवस्थित रुपमा फ्याँकिएका वेवारिसे रबरका खोल । हुँदाहुँदा हस्पिटल वरपर, पिकनिक स्थल, विद्यालय–कलेजका ट्वाईलेटदेखि लिएर मन्दिर परिसर वरपरसम्म पनि । अलि अध्याँरो, ओसिलो र खाल्डाखुल्डीको त कुरै छोडौं ।

गाउँको सन्दर्भमा भने अलि फरक पाएँ । घरका र बाटाका वरपर विरलै कन्डम देखिन्थे । तर घाँसपात काट्न जाँदा, कान्लाकुन्लीतिर, दाउरा लिन जाँदा जङ्गलतिर फ्याँकिएका कन्डम देखेर दिक्क मान्थें । सायद, फोहोरमैलाको उचित व्यवस्थापन नहुँदा मानिसले लाज र डरले कसैले नदेख्ने गरी फुत्त डाँडाबाट फ्याँकिएको हुनसक्छ । कहिले कहिले त तोतेबोली नफुटेका बच्चाहरुले बेलुन मानेर होला कन्डम नै फुकेको पनि देखियो । तपाईं आफै भन्नुस् त आमा, त्यसरी फ्याँकिएका, आफैमा प्रदुषित, जथाभावी प्रयोग गरिएका, सडेका, दुर्गन्धित कन्डम स्वास्थ्यको दृष्टिकोणले कति हानिकारक छन् ?

यी घटनापश्चात् मैले जता जुन देशमा गएपनि कन्डमको सही विसर्जन र प्रयोगप्रति मानिस कत्तिको सचेत छन् भनी खोजी गर्न थालेँ । यसै सन्दर्भमा म मित्रराष्ट्र चीनमा अध्ययनको चार वर्षे लामो अन्तरालमा पनि बाटोघाटो, कुनाकाप्चामा नियाल्न थालेँ । मेरा विचारमा मानिसहरु कति सभ्य छन् भन्ने कुरा कन्डमको प्रयोग र व्यवस्थापनले पनि जनाउँछ ।

समयको दौरानमा मैले पार्क, बगैंचा, ट्वाईलेट, स्कुल, क्याम्पसको कुना काप्चामा हेर्न थालें । तर कतै पनि केही फोहोर देखिन । मैले सोचेँ, हैन, फोहोरसँगै कन्डमका बारेमा पनि चिनीयाँहरु अत्यन्तै सभ्य र अनुशासित रहेछन् । मेरो मन मस्तिष्कमा उनीहरु प्रति अत्यन्त सम्मान उब्जियो ।

छातामै कण्डम टाँसिएर आयो

एक दिनको कुरा हो, म मेरो शोधपत्रको प्रस्तुति सकेर दीक्षान्त समारोहका लागि आवश्यक कार्यपत्र र फर्म लिएर दौडादौड गर्दै थिएँ । निश्चित समयको घेरावन्दीका कारण मलाई सास फेर्नेसम्म फुर्सत थिएन । बाहिर पानी परिरहेको थियो । सम्पूर्ण कागजपत्र बुझाउन अफिस जानुथियो । एक हातमा कागजपत्र र अर्को हातमा छाता समाउँदै दौडिन थालेँ । अनायास म चिप्लिएर भुँइमा लडें । हतारमा म दुःखाईको वास्ता नगरिकनै उठ्न खोजें । उठ्दा त मेरो छातासँगै प्लाष्टिकजस्तो वस्तु टाँसीएर आयो । म त्यसलाई टक्टक्याउन लागें । त्यो त त्यही कन्डम पो रहेछ ।

मेरो दिमागमा फेरी उही वाल्यकालदेखिका घटनाहरु नाच्न थाले । चिनियाप्रतिको मेरो सम्मान, छापपनि चकनाचुर भयो । मैले यो घटना मेरा सहपाठीलाई सुनाएँ । उनीहरु भन्दै थिए, ‘चिनीयाँहरु यस विषयमा धेरै सभ्य, साथी तिमी मित्रराष्ट्र भारत गयौ भने त आँखामा केही नदेखिने चश्मा किनेर लगाउनु जस्तो पो हुन्छ तिमी गयौ भने बाटोमा केही पनि नदेखेको जसोगरी हिड्नु है’ । यो सुनेर म तीनछक परें ।

यी प्रसङ्गबाट के बुझिन्छ भने सबैले यौनलाई मानिसमा उत्पन्न हुने प्राकृतिक आवश्यकताका रुपमा लिने गरेका छन् । स्वास्थ्यको दृष्टिकोणबाट हेर्ने हो भने पनि यो एउटा जैविक आवश्यकता हो भने अर्कोतर्फ सृष्टिलाई निरन्तरता दिने माध्यम पनि । हामी भोक लागेपछि खाना खान्छौ, भोक मेट्छौं, पाचन प्रकृया, दिसापिसाबका रुपमा शरीर बाहिर फ्याक्छौं । तर हामी दिसा, पिसाब सबैका अगाडि खुलमखल्ला गर्न सक्छौं र ? पक्कै पनि सक्दैनौं ।

चेतनशील मानिसले बच्चा र अशक्त अवस्थामा बाहेक जथाभावी फोहोर गर्न सक्तैन । दिसापिसाबका लागि उसले ट्वाईलेटको खोजी गर्छ र मलत्यागपछि फ्लस् गर्छ । दिसापिसाबलाई जताततै फ्यात्त फ्याँक्न हुँदैन भन्ने ज्ञान उसमा छ । ठिक त्यस्तै हो कन्डम पनि, प्रयोग गरीसकेपछि सही टुङ्गामा त्यसलाई विसर्जन गर्ने ज्ञान हुनपर्छ ।

(जनचेतनाका लागि डा जया सत्यालले आफ्नी आमालाई लेख्नुभएको अनुभूति पत्रबाट साभार )

Comments

comments