काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सोमवार पनि लोकमानसिंह कार्कीको विषयमा कुनै निर्णय गर्न सकेन ।

कार्कीमाथि महाभियोग प्रस्ताव पेश गरेर एमाले र माओवादी केन्द्रले काउन्टर दिएपछि राजनीतिक रुपमा निकै दबाबमा परेको काँग्रेसले ठोस निर्णय निकाल्न नसकेको हो । कार्की विरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावको विषयमा छलफल गर्न बसेको समितिको बैठक पुन मङ्गलबार बस्ने गरि स्थगित भएको छ ।

माओवादी केन्द्र  र नेकपा एमालेले संसदमा दर्ता गराएको महाभियोगको प्रस्तावमा छलफल गरेर पार्टीको आधिकारिक धारणा दिन बसेको केन्द्रीय कार्य समितिको बैठकले ठोस निर्णय दिन नसकेको कारण मङ्गलबार बिहान पुनः बस्ने गरि स्थगित भएको हो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

बैठकमा केन्द्रीय सदस्यहरुको धारणा राख्ने क्रममा विभिन्न प्रश्नहरु उठेको कारण पार्टीले ठोस निर्णय गर्नका लागि मङ्गलबार बिहान पुनः बैठक बस्ने निर्णय गरेको नेपाली काँग्रेसका नेता  दिलेन्द्रप्रसाद वडुले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसले मङ्गलबार बस्ने बैठकले लोकमानसिंह कार्कीको विषयमा ठोस निर्णय गर्ने नेता वड्ुले जानकारी दिनुभयो ।

Please follow and like us:

Comments